नेपाली कांग्रेसले सोमबार संसदीय दलको बैठक बोलाए – Nepalboli

नेपाली कांग्रेसले सोमबार संसदीय दलको बैठक बोलाए

   २०८० फाल्गुन २०, आईतवार  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलका सबै मन्त्रीलाई बूढानीलकण्ठ बोलाएर छलफल गरे पछि सोमबार संसदीय दलको बैठक बोलाएका छन । संक्रमणकालीन न्यायसम्बन्धी बिधेयक संसद्‍बाट अघि बढाउने तयारी भइरहेका बेला देउवाले सबै १० जना मन्त्रीलाई आइतबार साँझ बूढानीलकण्ठ बोलाएका थिए।

पछिल्लो समय सत्ता गठबन्धनमा केही खटपट पनि देखिएको छ। अर्कातिर फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन पनि हुँदैछ। राष्ट्रिय सभाको अध्यक्ष पद कसले लिने भन्नेमा अझै पनि कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति बनिसकेको छैन।

यिनै राजनीतिक घटनाक्रमबीच देउवाले सबै मन्त्रीहरूसँग संवाद गरेका हुन्।

मन्त्रीहरूसँगको छलफलपछि देउवाले सोमबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक पनि बोलाएका छन्। उक्त बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल हुने बताइएको छ। गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट विजयी राष्ट्रिय सभाका सदस्यहरूको शपथ पनि सोमबार नै हुँदैछ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै