आवश्यकता परे एमाले सरकारमा जान सक्छ- अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकाले आवश्यकता परे एमाले सरकारमा जानसक्ने बताएका छन । आइतबार संसद् भवनमा पार्टीका सांसदहलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
शक्ति पृथकीकरणको सिद्धान्त वर्तमान सरकारले बुझ्न नसकेको पनि ओलीले बताए । अर्थमन्त्रीमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको टिप्पणी पनि उनले गरे । देशको अर्थतन्त्र ओरालो लगाएको आरोप लगाउँदै उनले भने, अर्थमन्त्रीले २०४८ सालमै असफल भइसकेका सिद्धान्त लागू गर्न खोज्नुभएको छ ।’
देशको अर्थतन्त्रका विषयमा अर्थमन्त्रीले सरोकारवाला पक्षसँग परामर्श समेत नगरेको उहाँले आरोप लगाए । अर्थमन्त्रीले आवश्यक परामर्श गरेर अघि नबढ्दा अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ । अध्यक्ष ओलीले आवश्यकता परेमा एमाले सरकारमा जतिबेला पनि जान सक्ने सांसदहरुलाई जानकारी गराउनुभएको थियो । ओलीले आजै विहान प्रधानमन्त्री प्रचण्ड संग एक घण्टा छलफल गरेका थिए ।
प्रधानमन्त्रीले ओली संग छलफल गरे रास्पा अध्यक्ष रवी लामीछाने र काग्रेस सभापति देउवा संग पनि आजै छुटाछुटै भेटवार्ता गरेका छन । टिआरसी विद्येयक र राष्टिय सभा अध्यक्षको रस्साकस्सी माझ सतागठबन्धनमा समस्या देखीरहेको वेला एमालेले आफना सासदहरुलाइ आज सरकारमा जान सक्ने बताएका छन ।