मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन- मुख्यमन्त्रीको चासोलाई सम्बोधन गरौँ – Nepalboli

मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन- मुख्यमन्त्रीको चासोलाई सम्बोधन गरौँ

   २०८० माघ २५, बिहीबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गर्नुभएको भावना यथाशीघ्र सम्बोधन गर्न सङ्घीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा आज (बिहीबार) बसेको ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य’सँग सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकमा उहाँले भन्नुभयो, “सङ्घीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो । यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र चासो बुझ्नु नै भयो । त्यसलाई गम्भीरतापूर्वक लिनुस् ।”

मुख्यमन्त्रीहरूको सक्रियताबाट सङ्घीयता कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै