संघीय व्यवस्थाको संरक्षण गर्न सबै लाग्नुपर्छ- मन्त्री गुरुङ – Nepalboli

संघीय व्यवस्थाको संरक्षण गर्न सबै लाग्नुपर्छ- मन्त्री गुरुङ

   २०८० माघ २५, बिहीबार  

शहरी विकासमन्त्री सीता गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र सफल बनाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी भएकाले सबैले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । आदिबासी जनजातिको अधिकार पनि यही व्यवस्थामा सुनिश्चित हुने उहाँको भनाइ छ ।

नेपालको विविधताभित्र आदिबासी जनजातिको पृथक पहिचान रहेकाले त्यसको संरक्षण गर्ने जिम्मेवारी सबैको भएको चर्चा गर्नुभयो । नेपालको समावेशी लोकतन्त्र विश्वको लोकतन्त्रभन्दा भिन्नै रहेकाले यसको सही व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

कुल जनसंख्याको ३८ प्रतिशत जनजातिको कला, संस्कृति र पहिचानको प्रवर्धन गर्न आवश्यक रहेकाले सरकार त्यसमा जिम्मेवार बन्नुपर्ने उहाँले सुझाव दिनुभयो । जनजाति प्रतिष्ठान र आदिबासी आयोगका प्रकृति फरक भएको र दुवैको महत्व रहेकाले त्यसबारेमा सरकारलाई बुझाउन आवश्यक रहेको चर्चा गर्नुभयो । प्रतिष्ठान जनजातिको प्रतिष्ठानको विषय भएकाले यसको बजेट सिलिङ बृद्धि गरी काम गर्ने वातावरण बनाउनुपर्ने उहाँले चर्चा गर्नुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै