सङ्घीय संसद्को महासचिवमा पाण्डेय – Nepalboli

सङ्घीय संसद्को महासचिवमा पाण्डेय

   २०८० माघ २३, मंगलवार  

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम पाण्डेयलाई महासचिवमा नियुक्त गर्नुभएको हो ।

पाल्पा जिल्ला रिव्दिकोट गाउँपालिका–१ निवासी पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी सङ्घीय संसद्को महासचिव पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै