नेपाली संसदको टोली र भारतका उत्तर प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्री विच भेटवार्ता
भारत भ्रमणमा गएका नेपाली संसदहरुको टोली र भारतका उत्तर प्रदेशका प्रमुख र मुख्यमन्त्री विच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका संसदहरुको टोलीले मंगलवार भारतको लखनउमा भेटवार्ता भएको हो । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारतको सम्बन्ध ‘दुई शरीर एउटै प्राण’ जस्तो रहेको भेटवार्तामा बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा भारत भ्रमणमा रहेका नेपाली सांसदहरूसँग लखनउस्थित सरकारी निवासमा भएको भेटघाटमा सो कुरा उनले बताएका हुन् ।
नेपालका सांसदहरूले आजै उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र त्यहाँका विधान सभाका सभामुखसँग पनि भेटघाट गरेका थिए । नेपाली सांसदहरूले विधानसभाको अवलोकन गरेका थिए । सो क्रममा विधान सभाका सदस्यहरूले नेपाली सांसदहरूलाई स्वागत तथा सम्मान गरेका थिए ।