कानुन निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरूलाई जसपाको निर्देशन – Nepalboli

कानुन निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरूलाई जसपाको निर्देशन

   २०८० माघ २३, मंगलवार  

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसद्मा कानुन निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । मंगलबार अपराह्न सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसद्को चालु अधिवेशनमा कानुन निर्माणको काममा केन्द्रित हुने गरी संसद्का आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएको हो ।

कानुन निर्माणको काममा पार्टीका सांसदहरूलाई केन्द्रित हुन बैठकले निर्देश गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिनुभयो । बैठकमा सांसदहरूलाई संसद्ले जारी गरेको क्यालेन्डरअनुसार उपस्थित हुन पनि सचेत गराएको थियो ।

प्रमुख सचेतक यादवले भने, ‘आज संसदीय दलको बैठकमा जुन हिउँदे अधिवेशन हिजोबाट सुरु भएको छ । त्यो अधिवेशनको बारेमा छलफल भयो । अरू समसामयिक विषय पनि छलफल भयो । अब हिउँदे अधिवेशनमा जनता समाजवादी पार्टीको भूमिका कस्तो रहने, जनता समाजवादी पार्टीका सांसदहरूको भूमिका कस्तो रहने रु अनि जनता समाजवादी पार्टीका सांसदहरूले अधिकभन्दा अधिक समितिहरूमा भाग लिएर विधेयकहरू बनाउने र संसद्मा चाहिँ अधिकभन्दा अधिक उपस्थित हुने यो विषयमा हाम्रो छलफल रह्यो । र, यही विषयमा हाम्रो निर्णयहरू पनि भयो । अव हिउँदे अधिवेशन सुरु भएको छ । हिउँदे अधिवेशनको जुन क्यालेन्डर जारी भएको छ । त्यो क्यालेन्डर अनुसार हामीले बढिभन्दा बढी उपस्थित हुने र विधेयकमा भाग लिने, कानुन बनाउन भाग लिने । अनि यो खास गरेर जनता समाजवादी पार्टीको जुन भूमिका हुन्छ । त्यो आफ्नो देखाउने । बैठकमा चुरे संरक्षणको विषयमा चर्चा भयो । अहिले सरकारले एउटा वन ऐन ल्याइराखेको छ । त्यो विषयमा पनि गम्भीर छलफल भयो ।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै