६ महिनामा ७ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो – Nepalboli

६ महिनामा ७ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

   २०८० माघ २३, मंगलवार  

चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनामा ७ खर्ब भन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस महिनाको मसान्तसम्ममा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।

चालु आवको ६ महिनाको अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै