ठगी आरोपमा सिरहाका चन्द्र माविका प्रधानाध्यापक कर्ण पक्राउ – Nepalboli

ठगी आरोपमा सिरहाका चन्द्र माविका प्रधानाध्यापक कर्ण पक्राउ

   २०८० माघ २३, मंगलवार  

ठगी गरेको आरोपमा सिराहाको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्ण पक्राउ परेका छन् । व्यवसायीलाई ठगी गरेको आरोपमा प्रधानाध्यापक कर्णलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशन कुमार यादवले दायर गरेको ठगी मुद्दामा

अदालतले गरेको मुद्दाको सुनवाइका आधारमा कर्ण पक्राउ परेका हुन् । चन्द्र नमुना माध्यमिक विद्यालयको निर्माणका लागि खरिद गरिएका सिमेन्ट, छड लगायतको भुक्तानी नगरेपछि पसल संचालक यादव अदालत गएका थिए ।

१७ लाख ४ हजार ५ सय ८१ रुपैयाँको विल नबुझाएको यादवको भनाइ छ । ६ वर्षदेखि धाउदा पनि भुक्तानी नदिएपछि अदालत गएको पसल सञ्चालक यादवले बताए ।

काठमाडौँ उपत्यका बाहिर पहिलो विद्यालय स्थापित भएको चन्द्र नमुना माध्यमिक विद्यालय तत्कालिन चन्द्र शमशेरको नामबाट नामकरण भएको विद्यालय सिराहा सदरमुकाम जिल्ला अदालतसँगै जोडिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै