त्रिहत्तर बोरा अप्रशोधित गाँजासहित तीन पक्राउ – Nepalboli

त्रिहत्तर बोरा अप्रशोधित गाँजासहित तीन पक्राउ

   २०८० माघ २२, सोमबार  

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अबैध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा–पनौती सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचमा खटिएको प्रहरीले विभिन्न साइजका ७३ बोरामा ल्याएको २८५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपातर्फ आउँदैगरेको बा ६ च २९६ नम्बरको डिआइ गाडी चेकजाँच गर्नेक्रममा सो गाडीमा लोडगरी ल्याएको अप्रशोधित गाँजा प्लाष्टिकको बिभिन्न साइजको ७३ बोरामा ल्याइएको बताउनुभयो ।

उहाँले उक्त डिआई गाडीमा ल्याइएको २८५ किलोग्राम गाँजासहित डिआई चालक नुवाकोट जिल्ला बिदुर नगरपालिका –११ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप नगरपालिका –८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने २० वर्षीय सञ्जिब तामाङ र रामेछाप नगरपालिका –८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ५३ वर्षीया बिमला तामाङलाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । पक्राउ गरेका तीनै जना र तिनले प्रयोग गरेको गाडी ईलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै