एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट हुदा एक जनाको हात भाँचियो – Nepalboli

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट हुदा एक जनाको हात भाँचियो

   २०८० माघ २१, आईतवार  

नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशनमा प्रतिनिधि मनोनयनमा विवादमा कुटाकुटमा भएको छ । घटनामा एक जनाको हात भाँचिएको बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का भएको थियो । सो क्रममा सन्तोष खनालको हात भाँचिएको हो । अधिवेशनको बन्दसत्र सुरू हुनुपूर्व माघ १९ गते साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकबाटै तनाव भएको थियो । बन्द सत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेज, कतिपय नीतिगत निर्णय, बन्दसत्र सञ्चालनका लागि आवश्यक अध्यक्ष मण्डललगायत विभिन्न समितिहरूमा रहने नेताहरूको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरूका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा घटना भएको जनाइएको छ ।

‘बैठकका सहभागीबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेस गर्नुभयो । उहाँले एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो,’ प्रदेश अध्यक्ष ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बन्दसत्र चलिरहँदा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको थियो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै