संसदको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
माघ २४ गते शीर्ष संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । शुक्रबार बसेको सभामुख देवराज घिमिरेसहित दलका सचेतक र प्रमुख सचेतकहरूको बैठकले यो निर्णय गरेको हो। यसको औपचारिक निर्णय भने प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गर्नेछ ।
संसद्को हिउँदे अधिवेशन माघ २२ गते सोमबार अपराह्न ४ बजे सुरू हुनेछ। पहिलो दिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने कार्यसूची छ।
यस्तै सरकारले ल्याएका अध्यादेश पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूची छ ।