दिल्लीमा नेपाली सांसदहरूको टोली र भारतीय लाकसभा अध्यक्ष विच भेटवर्ता
भारतीय लोकसभाको विदेश मामिला समितिको निमन्त्रणामा दिल्ली गएका नेपाली सांसदहरूको टोली वुधवार भारतका लोकसभा अध्यक्ष ओम बिड्लासंग भेटवार्ता तथा छलफल गरेका छन । भारतीय लोकसभाको निमण्त्रणामा मंगलवार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका ८ जना सांसदहरू भारत भ्रमणमा गएका हुन । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरूको टोली आएको छ । सभापति यादवले भारतको संसद् तथा समितिहरूले कसरी काम गरिरहेको त्यसबारे प्रत्यक्ष अनुभव बटुल्ने उद्धेश्यले यो भ्रमण भएको बताए ।
धेरै पहिलेदेखि लोकतान्त्रिक अभ्यासमा रहेको भारतले यतिका वर्षमा व्यवस्थापिकाको कार्य कसरी गरिरहेको छ, त्यसबारे जान्ने बुझ्ने तथा अनुभव साटासाटका लागि भ्रमण उपयोगी हुने उनले बताए ।
नेपाली टोलीले बुधबार अपराह्न भारतको नयाँ संसद् भवनको अवलोकन गर्नुको साथै लोकसभाका अध्यक्ष ओम बिड्लासँग भेट्ेका छन । त्यसबाहेक संसद्का अन्य पदाधिकारीहरु तथा विदेश मामिला समितिसँग पनि नेपाली टोलीले अन्तरक्रिया गरेका छन ।
नेपाली टोलीमा यादव सहित सांसदहरू छिरिङ शेर्पा, गंगाराम चौधरी, योगेश गौचन, शिशिर खनाल, सम्झना थपलिया, सुनिता बराल, हरिप्रसाद उप्रेती छन् । त्यस्तै, समितिका सहसचिव बबिता मिश्र र शाखा अधिकृत प्रमिला पौडेल गौतम पनि टोलीमा सामेल छन् । सांसदहरूले भारतीय विदेशमन्त्री एस जयशंकर तथा पर्यटन मन्त्री जी किसन रेड्डीलाई भेट्ने कार्यक्रम पनि छ ।
