राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहेको जर्मनीको प्रतिनिधि मण्डलको भेट – Nepalboli

राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहेको जर्मनीको प्रतिनिधि मण्डलको भेट

   २०८० माघ १७, बुधबार  

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको जर्मनीको एफइएसका ग्लोबल प्रेसिडेन्ट डा मार्टीन स्लुजको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । बुधबार राष्ट्रपति कार्यालयमा भएको भेटमा भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीको दौत्य सम्बन्ध स्थापनादेखिको सुमधुर मैत्रीपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीका अनुसार भेटमा राष्ट्रपति पौडेलले एफइएसले काठमाडौँ कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य गर्दै आएको भन्दै खुसी व्यक्ति गर्नुभएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै