मधेश प्रदेशका महिला सांसद तथा नेतालाई प्रशिक्षण दिँदै जसपा – Nepalboli

मधेश प्रदेशका महिला सांसद तथा नेतालाई प्रशिक्षण दिँदै जसपा

   २०८० माघ १६, मंगलवार  

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशअन्तर्गतका पार्टीका महिला सांसद, पार्टीका महिला पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिन लागेको छ । जनकपुरस्थित रमण टावरमा आज (मङ्गलबार) देखि सुरु हुने दुई दिवसीय प्रशिक्षणमा करिब एक सय प्रतिनिधि सहभागी छन् ।

प्रचार प्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार प्रशिक्षण कार्यक्रममा समाजवादी महिला सङ्घका केन्द्रीय पदाधिकारी, मधेश प्रदेशका महिला पदाधिकारी, जिल्लाका प्रतिनिधि तथा महिला जनप्रतिनिधि सहभागी छन् ।

सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवादलगायतका विषयमा प्रशिक्षण दिइने छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू प्रशिक्षक हुनुहुन्छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै