राष्ट्रिय मानव अधिकार आयोगद्धारा मानव अधिकार उल्लंघन गर्ने प्रहरी, सेना,कर्मचारी र नेताको नाम सार्वजनिक – Nepalboli

राष्ट्रिय मानव अधिकार आयोगद्धारा मानव अधिकार उल्लंघन गर्ने प्रहरी, सेना,कर्मचारी र नेताको नाम सार्वजनिक

   २०८० माघ १६, मंगलवार  

राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समयमा मानव अधिकार उल्लंघन गर्ने प्रहरी, सेना, कर्मचारी र नेताहरु गरि ६० जनाको नाम सार्वजनिक गरेको छ। आयोगले सोमबार मानव अधिकार उल्लंघन गर्ने ६० जनाको नाम सर्वजनिक गरेको हो।

२०७९र८० र चालु आर्थिक वर्षमा गरिएको कामकारबाहीको संक्षिप्त जानकारी गराउँदै आयोगले जारी गरेको विज्ञप्तीमा मानव अधिकार उल्लंघन गर्नेहरूको नाम समेत सार्वजनिक भएको छ । आयोगलाई मानव अधिकार उल्लघंन गर्ने ६६ जनाको नाम प्राप्त भएको थियो। त्यसमध्ये ६ जनाको हकमा कारवाहीको जानकारी प्राप्त भएकाले नाम नराखिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताएका छन ।

आयोगले सार्वजनिक गरेको नामहरुलाई समेत कारबाही गर्न सरकारसंग माग गरेको छ। आयोगले सार्वजनिक गरेको नामहरुमा नेपाल प्रहरीतर्फ ३२ जना, सशस्त्र प्रहरी बलका एक जना, नेपाली सेनातर्फ ४ जना, राष्ट्रिय अनुसन्धानका एक जना, निजामती कर्मचारीतर्फ नासुदेखि सिडिओसम्म १२ जना, तत्कालिन नेकपा माओवादीतर्फ १० जनाको नाम सामेल छन ।

आयोगले सार्वजनिक गरेको विज्ञप्ति अनुसार यी प्रहरी, सेना, कर्मचारी र नेताहरु मानव अधिकार उल्घंनमा संग्लन छन

प्रहरीतर्फ- प्रहरी उपरीक्षक (एसपी) हरू योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य, उमाप्रसाद चर्तुवेदी

प्रहरी नायब उपरीक्षक (डिएसपी) हरू – कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, टेकुनन्द इवा लिम्बु र हनुमान शाह ।

प्रहरी निरीक्षकहरू- गोविन्दप्रसाद साह, महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी, कमलप्रसाद गिरी, प्रहरी

सहायक निरीक्षकहरू – नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महाविर राज धावे र बासुदेव चौधरी।

प्रहरी नायब निरीक्षकहरू – रामकुमार यादव, श्याम राउत, धर्मेन्द्रकुमार सिंह, चक्र बस्नेत ।

प्रहरी हवाल्दारहरु- भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी र दलबहादुर कार्की ।

प्रहरी जवानहरु – विनोद ठाकुर, टार्जन गुरूङ र निलम संग्रौला ।

सशस्त्र प्रहरी बलतर्फ- एसपी प्रकाश ओझा।

नेपाली सेना – सेनानी कृष्णमुरारी न्यौपाने (गुल्मपति), सेनानी सुरत रावल (युद्धकार्य अधिकृत), सहसेनानी चव्रबहादुर कार्की, क्याप्टेन दिनेश थापा ।

राष्ट्रिय अनुसन्धान – निरीक्षक लिलाधर पौडेल।

निजामति कर्मचारीतर्फ – प्रजिअहरू माधवप्रसाद ओझा, शालिग्राम शर्मा पौडेल, दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाई, रमा आचार्य, शिवप्रसाद नेपाल र सहायक प्रजिअ पुरूषोत्तम अधिकारी।

कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल, बाँके कारागार प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठ, रोल्पा कारागार प्रमुख कमला घिमिरे, निमित्त कारागार प्रमुख यामलाल ओली र नासु दिपेन्द्रप्रसाद पौडेल ।

नेकपा (माओवादी) नेताहरु – खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, राम विलास यादव, हृदय यादव, प्रभु साह, एसपी किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहना ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै