हजारौं मिटरब्याजपीडित किसानले न्याय पाएका छन्, लाखौंले न्याय पाउँदैछन्- प्रधानमन्त्री प्रचण्ड – Nepalboli

हजारौं मिटरब्याजपीडित किसानले न्याय पाएका छन्, लाखौंले न्याय पाउँदैछन्- प्रधानमन्त्री प्रचण्ड

   २०८० माघ १५, सोमबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडित लाखौं किसानहरूले इतिहासमा पहिलोपटक न्याय पाएको बताएका छन्। बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले कानुन निर्माण गरेर मिटरब्याजलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको स्पष्ट पारे।

मिटरब्याजपीडितका विषयमा सरकारले उच्चस्तरीय आयोग बनाएर काम गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘हजारौं किसानले न्याय पाएका छन्, लाखौंले न्याय पाउँदैछन्। यो कुरा आम जनतालाई राम्रोसँग बुझाउनुस्।’

कतिपय सन्दर्भमा राजनीतिक दलका स्थानीय नेताहरू र स्थानीय जनप्रतिनिधिहरू नै मिटरब्याजको पक्षमा लागेको भन्ने जनगुनासो आइरहेको उल्लेख गर्दै उनले भने, ‘तपाईंहरूले पीडकको पक्षमा होइन, पीडितमैत्री आचरण, व्यवहार र पक्षधरताका साथ न्यायको प्रत्याभूति गराउनुस्।’

सरकारले लाखौं नागरिकता विहीन नेपाली युवालाई नागरिकता दिने व्यवस्था गरेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘सबैभन्दा धेरै मधेशका युवाहरू छन्। यो निकै ठूलो काम हो। सङ्घीय सरकारले गरेको यो ऐतिहासिक काम जनतासम्म पुर्‍याएर राज्यप्रति नागरिकको विश्वास र सम्बन्ध अभिवृद्धि गर्नुस्।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै