मकाउ पठाउने भनी साढे दुई लाख बढी ठगी गर्ने पक्राउ – Nepalboli

मकाउ पठाउने भनी साढे दुई लाख बढी ठगी गर्ने पक्राउ

   २०८० माघ १४, आईतवार  

प्रहरीले मकाउ पठाउने भनी दुई लाख ७० हजार रुपियाँ ठगी गर्ने काठमाडौँका पृथ्वी राज सिग्देललाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार सिग्देलले मनिराम तिमल्सिना समेतलाई मकाउ जान नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख ८० हजार रुपियाँ हुने भनी प्रलोभनमा पारेका थिए ।

उनलाई काठमाडौँको दरबारमार्गबाट पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै