‘समुदायमा कांग्रेस’ अभियानका लागि शीर्ष नेता जिल्ला जाने
नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि शीर्ष नेताहरुलाई प्रदेशगत खटाएको छ । समुदायमा कांग्रेस अभियानका लागि फरक टोली फरक जिल्ला जाने गरी शीर्ष तहका नेतालाई जिल्ला तोकिएको छ ।
फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी दिइएको छ । जिल्ला कार्यसमितिले तय गरेको समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलमा नेताहरु सहभागी हुनेछन् ।
१६ गतेदेखि २६ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’ अवधिभर नेताहरु तोकिएको जिल्लामा रहने छन् ।