दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग – Nepalboli

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

   २०८० माघ १४, आईतवार  

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । सूचना अनुसार ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेकालाई आवेदन दिन भनिएको छ । सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

यसअघि एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरुषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै