प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल नै हो- पाण्डे – Nepalboli

प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल नै हो- पाण्डे

   २०८० माघ १३, शनिबार  

नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले अबको एक वर्षपछि माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । २०७९ पुस १० गते भङ्ग भएको गठबन्धन जोडिँदाको जेन्टलमेन्ट एग्रिमेन्ट अनुसार प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । उक्त जेन्टलमेन्ट एग्रिमेन्ट लागू हुने र अबको एक वर्षभित्र माधव नेपाल प्रधानमन्त्री भइछाड्ने उनको दाबी छ ।

‘यसमा कुनै दुविधा छैन । जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ । २०७९ साल पुस १० गते भत्किसकेको गठबन्धनलाई फेरि जोड्ने काम गर्‍यौँ,’ उनले भने, ‘पहिलो कार्यकाल नेकपा (माओवादी) ले दुई वर्ष, त्यसपछि नेकपा (एकीकृत समाजवादी) ले गर्ने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हाम्रो सहमति छ । अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

शनिबार रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दे उनले कोशीको कारणले गठबन्धनमा कुनै पनि प्रकारको फेरबदल नआउने बताए । ‘म स्पष्टसँग भन्छु– यो गठबन्धन अब बाँकी रहेको चार वर्ष अवधि टुट्दैन । गठबन्धनमै सरकार चल्छ र यो देश अगाडि बढ्छ,’ उनले भने ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै