तात्कालिन संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको घरजग्गा लिलामीको सूचना
संविधान सभाका अध्यक्ष एवम् नेकपा-एमालेका तात्कालिन प्रभावशाली नेता नेता सुवास नेम्वाङको इलामको घर जग्गा बैंकले लिमामी प्रक्रिया अघि बढाएको छ । नेपाल बैंक लिमिटेडले घरजग्गा लिलामीको ३५ दिने सूचना जारी गर्दै फागुन १० गतेभित्र कर्जा चुक्ता गर्न भनेको छ ।
बैंकले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलामस्थित इलाम– २ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै लिगतगापात समेत लिलामी हुने बताइएको छ ।
बैंकको ऋण भने नेम्वाङका भाइबुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएकी थिइन् । पाम फुड्स एन्ड वेभरेज टेक्नोलोजी प्रालिको नाममा नेपाल बैंकबाट कर्जा लिँदा नेम्वाङ व्यक्तिगत जमानीकर्ताको रूपमा बसेका थिए ।
लिम्बुसँगै कम्पनीका अर्का सञ्चालक झापास्थित शान्तिनगर– ५ का रुद्रप्रसाद गिरी पनि थिए ।
बैंकले नेम्वाङसँगै लिम्बु, गिरी, नेम्वाङका छोरा मिङसो, सम्याङ, भाइ सुरेस कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावतीलगायतको नाममा ३५ दिने सूचना जारी गरेको हो ।
त्यस्तै व्यक्तिगत जमानीकर्ताको रूपमा सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी गरेको छ । नेता नेम्वाङको भने भदौं २५ गते हृदयघातका कारण निधन भएको थियो ।
