एनसेलको शेयर किनबेच रोक्ने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता – Nepalboli

एनसेलको शेयर किनबेच रोक्ने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

   २०८० माघ ९, मंगलवार  

उच्च अदालत पाटनले एनसेलको शेयर किनबेच प्रक्रियामा कर छली भएको दाबी गरिएको रिटमा यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ। मलेशियन कम्पनी आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत शेयरको स्वामित्व स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने गरी गत मंसीर १५ मा सहमति गरेको थियो।

शेयर बिक्री गर्ने सहमति सार्वजनिक भएसँगै कम मूल्य देखाएर कर छल्न खोजेको आरोप लागेको थियो। त्यसपछि किनबेच प्रक्रिया रोक्न माग राख्दै उच्च अदालतमा रिट परेको थियो।

गत मंसिर २१ गते उच्चले अल्पकालीन अन्तरिम आदेश दिएर उक्त प्रक्रिया अगाडि नबढाउन भनेको थियो। माघ ८ गते शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिँदै अग्राधिकार समेत दिएको छ।

यसका साथै दुवै पक्षबाट पेसी स्थगित गर्न नपाउने पनि आदेश दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै