सटर बन्द गरेर सडकमा उत्रिए न्युरोडका व्यवसायी – Nepalboli

सटर बन्द गरेर सडकमा उत्रिए न्युरोडका व्यवसायी

   २०८० माघ ९, मंगलवार  

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन्।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।

पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिह्न राखिएका छन्। यसैगरी नगर प्रहरीहरू खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै