बागमती प्रदेशमा १ हजार ११३ कर्मचारी भर्ना गर्न लोक सेवाले खोल्यो विज्ञापन – Nepalboli

बागमती प्रदेशमा १ हजार ११३ कर्मचारी भर्ना गर्न लोक सेवाले खोल्यो विज्ञापन

   २०८० माघ ८, सोमबार  

बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ पाँचौ तह (नायव सुब्बा) वा सो सरह०का लागि दरखास्त आह्वान गरेको छ। आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फ पाँचौं तहका खुला तथा समावेशी तर्फका लागि सोमबार बिज्ञापन खुला गरेको हो। आयोगले प्रदेश र स्थानीय सेवाका विभिन्न समूहमा गरी १ हजार ११३ जनाका लागि दरखास्त आह्वान गरेको छ।

माग भएका पदमा सोमबारदेखि नै दरखास्त बुझाउन सकिनेछ। दरखास्त बुझाउने अन्तिम मिति आगामी माघ २८ गते सम्मलाई छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै