सीके राउतद्धारा सोमबार हुने कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम स्थगित गर्न गृहलाई पत्र – Nepalboli

सीके राउतद्धारा सोमबार हुने कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम स्थगित गर्न गृहलाई पत्र

   २०८० माघ ७, आईतवार  

जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरीमा सोमबार हुने कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयलाई पत्र लेखेका छन् । जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न राउतले गृह मन्त्रालयमा पत्र पठाएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजविराजमा भोलि कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम रोक्न भन्दै मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका जनमत पार्टीका नेता महेशप्रसाद यादवले पनि वक्तव्य जारी गरेका छन् ।

‘कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु’, मन्त्री यादवले जारी गरेको बक्तव्यमा उल्लेख छ ।

यसअघि आइतबार नै शिल्यान्यास रोक्नुपर्ने मागसहित विश्वविद्यालयमा जनमतका कार्यकर्ताले ताला लगाएका छन् । तर शिल्यान्यास कार्यक्रम नरोकिएपछि जनमतका अध्यक्ष राउतले गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।

कृषि विश्वविद्यालय रहेको निर्वाचन क्षेत्र (सप्तरी–२) बाट राउतले अध्यक्ष यादवलाई गत वर्षको चुनावमा जितेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै