संसदको महासचिव नियुक्ति बारे राष्ट्रपतिलाई सभामुखको पुन पत्राचार – Nepalboli

संसदको महासचिव नियुक्ति बारे राष्ट्रपतिलाई सभामुखको पुन पत्राचार

   २०८० माघ ७, आईतवार  

सभामुख देवराज घिमिरेले संघीय संसदको महासचिव नियुक्तिका लागि गरिएको सिफरिसबारे राष्ट्रपतिलाई स्मरणपत्र पठाएका छन् । सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेयलाई सिफारिस गरेका थिए । तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय गरेका छैनन् ।

लामो समयसम्म पाण्डेयको नियुक्ति नभएपछि सभामुख घिमिरेले ४ माघमा स्मरणपत्र पठाएका हुन् । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुखको पत्र आएको पुष्टि गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै