मधेस कृषि विश्वविद्यालय राजविराजमा जनमत पार्टीद्धारा तालाबन्दी – Nepalboli

मधेस कृषि विश्वविद्यालय राजविराजमा जनमत पार्टीद्धारा तालाबन्दी

   २०८० माघ ७, आईतवार  

मधेस कृषि विश्वविद्यालयको शिलान्यासमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि राजविराजस्थित मधेस प्रदेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरिएका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार विश्वविद्यालय तालाबन्दी गरेका हुन् ।

सोमबार राजविराज –१३ मा विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । शिलान्यासमा जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउने तयारी छ ।

यसको विरोधमा जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यासको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ताहरू आमनेसामने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै