Page 217 – Nepalboli

यो वर्षको हिउँद पनि सुख्खा हुने, थपियो चुनौती

लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका दुई वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन ।

नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन । नेपालमा हुने वर्षाको ८ देखि १० प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ । यस्तै अङ्ग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरुको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटरभन्दा कम हुने अनुमान छ ।

जलवायुविद् डा। धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताउनुभयो । नेपालको हिउँद यामको वर्षा अरब सागरमा बन्ने जलचक्रीय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानी पार्ने जलयुक्त वाष्पको कमीले वर्षा हुन सकेको छैन ।

हिउँदे वर्षाको महत्त्व

नेपालमा हिउँदे वर्षाको निकै महत्त्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य स्रोत नै हिउँदे वर्षासँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनःभरणको काम गर्छ । हिमालमा हिउँको रुपमा र हिउँ नपर्ने स्थानमा पानी जमी भित्र गइ जम्मा हुन्छ । यो नै पछि गएर मुलको रुपमा बाहिर आउछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनःभरण हुन पाउँदैन जसको असर वर्षायाममा मूल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मूल फुट्न नै नसक्ने हुन्छ ।

अर्कोतर्फ हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदूषण बढाउँछ । प्रदूषणको घनत्व जति बढी हुन्छ त्यति सुख्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ ।

‘‘हिउँदे वर्षा कम हुँदा सुख्खा र खडेरीको अवस्था आउँछ । आगलागीका घटनाहरु बढी हुन्छन् । आगलागीका घटनाहरु बढी भयो भने वन, जङ्गलमा हुने पारिस्थितिक प्रणाली बिग्रन्छ । प्रदूषणमा वृद्धि हुन्छ । काठमाडौं जस्तो चारैतिरबाट ठुला पहाडले घेरिएको ठाउँमा धुवाँ धुलोको मात्रा बढ्छ ।,’’ जलवायुविद् डा। उप्रेतीले भन्नुभयो, ‘‘तर त्यसलाई बाहिर पठाउनका लागि कि त वर्षा हुनुपर्छ कि त ठुलो हावा चल्नुपर्छ । त्यस्तो भएन भने लामो समयसम्म कामठमाडौं प्रदूषित शहर भएर बस्छ । आज नै १५० देखि १८० इन्डेक्स हाराहारीमा प्रदूषणको अवस्था छ । जुन निकै हानिकारक हो । समग्रमा वर्षाको असर कृषि, वन, प्रदूषण, आगलागीलगायतका कुराहरुमा हुने भएको हुनाले हामीले सचेत हुन जरुरी छ ।’’

नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्ष यता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने स्रोतमा आएको सुख्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।

हिउँदे वर्षा र कृषि

हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष र गहिरो अशर गर्ने देखिएको छ । गहुँ, जौ, तोरी, केराउ जस्ता बाली हिउँदे वर्षामै निर्भर हुन्छन् । वर्षा नहुँदा खेत, बारीमा छरेको अन्न नै उम्रन सक्दैन । आवश्यक चिस्यानको कमीले बीउ अङ्कुरित हुन सक्दैन । ढिलो गरी उम्रे पनि यसले अपेक्षाअनुसारको उत्पादन दिन सक्दैन । जसले खाद्य सङ्कट निम्त्याउँछ । नेपालमा धान मकैपछिको प्रमुख बाली गहुँ हो जुन पूर्णरुपमा हिउँदे वर्षामा निर्भर रहन्छ । सतही सिँचाइभन्दा पनि आकाशे पानीको प्रभाव धेरै राम्रो र उत्पादक मानिन्छ ।

जलवायुविद् डा। उप्रेतीले सरकारका प्रमुख दुई निकाय जल तथा मौसमविज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको अवस्था र कृषि मन्त्रालयले हिउँदे बालीमा कम उत्पादन हुन्छ भनेको अवस्थामा पनि सरकारको पूर्वतयारी नहुनु विडम्बना भएको टिप्पणी गर्नुभयो । पूर्वानुमानअनुसारको पूर्वतयारी नगर्दा आइपर्ने सङ्कट व्यवस्थापन गर्न नसकिने खालको हुने बताउनुभयो ।

हिउँदमा लगातार सुख्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्यचक्र र मूल्यवृद्धिले अर्थ व्यवस्थामा दबाब परिरहेको छ । कृषिमा आश्रित हुने जनसमुदाय अझ आफूले खानका लागि मात्र उत्पादन गर्ने किसानलाई चाहिँ हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पर्नेछन् । यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाइँसराइलाई बढाइरहेको छ । केही वर्ष यता जलवायु परिवर्तनले मौसमी पात्रोमा फेरबदल आएको छ । हिउँदे वर्षा हराउँदै गएको छ भने पहिला जुन रुपमा जुन ठाउँसम्म हिउँ पर्थ्यो अहिले त्यहाँ पानी पर्न थालेको छ । हिउँ पर्ने रेखा माथि सरेको छ । यसको अर्थ हिउँ पर्ने उचाइ ९अल्टिच्युट० नै परिवर्तन भएको छ ।

हिउँदे वर्षा र मानव स्वास्थ्य

हिउँदे वर्षा नहुँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्छ । मानिसले दैनिक प्रयोग गर्ने पानीको उपलब्धतामा कमी आउँछ भने उपलब्ध भएको पानीको गुणस्तर पनि नहुने हुन्छ । जसले प्रदूषित पानी र प्रदूषित पर्यावरणले जनस्वास्थ्यमा सिधा नकारात्मक असर गर्दछ ।

जलवायुविद् डा उप्रेतीले हिउँदे वर्षा नहुँदा खाने पानीमा असर हुने बताउनुभयो । पानी पर्ने तौरतरिकामा परिवर्तन हुने बित्तिकै त्यसको सिधा असर पानीको गुणस्तर र परिणाममा समेत पर्ने भएको हुनाले पानीका स्रोत संरक्षणका लागि सरकारले तदारुकताको साथ काम गर्नुपर्ने जानकारी दिनुभयो । पानीको उपलब्धताको कमी हुनु, गुणस्तरीय नहुनु, वातावरण प्रदूषित नै रही रहनु, जमिनभन्दा नजिकै रहने धुलोको कण मिश्रित वायुले लामो समय चिसो र सुख्खा बढाउने भएकाले जनस्वास्थ्य जोखिमपूर्ण बन्ने सम्भावना छ । अस्पताल र स्वास्थ्य संस्थामा जोखिम मूल्याङ्कन गरेर आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यक छ । यस समयमा फैलनसक्ने सङ्क्रामक रोगविरुद्ध लड्न सरकारले पूर्णकालीन योजना नै बनाएर लागू गर्नुपर्दछ ।

सबै प्रकारका मौसमजन्य विपद्को अलग-अलग अनुकूलनको कार्यक्रम

नेपालको जलवायु र मौसममा आइरहेको अस्वाभाविक परिवर्तन अनुकूलको कार्ययोजना बनाउन आवश्यक छ । नेपालमा केही वर्ष यता मौसमजन्य विपदका घटना बढिरहेको सन्दर्भमा सबै मौसमको लागि अनुकूलनको योजना आवश्यक छ । सबै प्रकारका मौसमजन्य विपदका घटना बाहिर आइसकेको अवस्थामा एउटा मात्र ९मनसुन र गर्मी० मौसमका लागि अनुकूलनको कार्यक्रम सञ्चालन गरेर हँदैन । जलवायुविद् डा उप्रेतीले चिसोमा हुने अनुकूलन कार्यक्रम र बढी गर्मी तातो भएमा लागू गर्ने अनुकूलनको कार्यक्रम फरक हुने बताउनुभयो । बाढीको अनुकूलनको अवस्था एउटा हुन्छ भने पहिरोको अनुकूलनको अवस्था अर्को हुन्छ ।

प्रत्येक प्रकोप र विपद्ले निम्त्याउने हानी नोक्सानी फरक फरक हुने भएकाले फरक तरिकाले नै त्यसलाई अवलम्बन गर्नुपर्छ । हामीले बनाएको राष्ट्रिय अनुकूलन कार्यक्रम र योजनामा सबै प्रकारका जलवायु जन्य विपद्का अलग अलग अनुकूलनको कार्यक्रम राख्न ढिलो गर्नुहुन्न । प्रत्येक प्रकोपले निम्त्याएको हानि नोक्सानी फरक-फरक आयतन र विशेषताको छ । हामीले बनाउने पूर्वतयारी र अनुकूलनको योजना त्यसै अनुसारको बनाउनुपर्नेछ । सीमित स्रोत साधन भएको र कमजोर आर्थिक अवस्थामा यसका कार्यक्रम बनाएर लागू गर्नु चुनौतीपूर्ण छ । तर यो बाध्यात्मक अवस्था हाम्रा अगाडि छ । चुनौतिविरुद्ध लड्न सरकारी तथा गैरसरकारी सबैको साझेदारी आवश्यक छ ।

मौसमबारे पूर्वसूचनाको व्यापकता आजको आवश्यकता

हामीले मौसम बारेको पूर्वसूचनाको व्यापकतामा काम गर्नुपर्ने छ । नेपाल धेरै प्रकारको विपद्को जोखिममा छ । विपद्लाई रोक्न सकिन्न तर सम्भावित जोखिम र अनपेक्षित हानिनोक्सानी कम गराउन सकिन्छ । अहिले वर्षा हुन नसक्दा सुख्खापन गहिरिँदै गएको छ । सँगै वायु प्रदूषणको मात्रा बढेको छ । यस्तो अवस्थामा दैनिक जीवन र प्राथमिकता फरक गर्न सक्नुपर्छ । व्यक्तिगत रुपमा सकेसम्म घर बाहिर ननिस्कने, निस्के पनि शरीरको धेरै भाग ढाकिने कपडा लगाएर निस्कने, मास्क लगाएर निस्कने गरेर व्यवहारमा परिवर्तन गर्न सकिन्छ । यो सबै पूर्वसूचनामा आधारित भएर सम्पादन गर्न सकिन्छ । पूर्वसूचनामा वायु प्रदूषण बढेको छ भन्ने पाइयो भने, सार्वजनिक गाडी प्रयोग गर्ने, पेट्रोल खपत हुने सवारी साधनको सञ्चालनमा नियन्त्रण गर्ने, स्कुल र कलेजको अध्यापन सञ्चालन अवधि छोट्याउने जस्ता कार्य गर्न सकिन्छ जसले जोखिम र हानि, नोक्सानी कम गर्न सकिन्छ ।

दैनिक मौसम जानकारी सुविधाको कुरा मात्र होइन तर सार्वजनिक जीवन, स्वास्थ्य, सुरक्षा, र आर्थिक स्थिरताको रक्षा गर्न एक महत्त्वपूर्ण कारक पनि हो । समयमै र सही पूर्वानुमान प्रदान गरेर, मौसम जानकारीले व्यक्तिहरू, समुदायहरू र सरकारहरूलाई सूचित गरी निर्णयहरू लिन सक्षम बनाउँछ ।

हामी अहिले हिउँदे याममा छौँ । हिउँदे जलवायु पनि नेपालका लागि महत्त्वपूर्ण मानिन्छ । तर पछिल्लो केही वर्ष यता प्रक्षेपण गरिएअनुसार हिउँद याम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको छ ।

 

 

 

गत वर्ष सन् २०२४ मा मनास्लु पुगे १० हजार विदेशी पर्यटक

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन्। मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए। अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार चार सय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उनले बताए।

अघिल्लो वर्ष नौ हजार १७७ विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेका थिए, उनले भने, गत वर्ष अहिलेसम्मकै सबैभन्दा विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन्। मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकमा दक्षिण एशीयाली क्षेत्रीय सहयाग संगठन (सार्क) राष्ट्रका भन्दा तेस्रो मुलुकका विदेशी पर्यटकको सङ्ख्या बढी रहेको उनको भनाइ छ।

सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार ३३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ। गत वर्ष मनास्लु भ्रमण गर्ने विदेश पर्यटकमध्ये एक हजार १८१ जना जर्मनी नागरिक, सात सय ९६ जना अमेरिकी नागरिक रहेको कार्यालयको तथ्याङ्क छ, सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै एक सय ५९ जना पर्यटकले मनास्लु पदयात्रा गरेका छन्, अधिकृत ओझाले भने। त्यस्तै नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुग्ने गरेको उनको भनाइ छ।

मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्ने छन् ।

त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन्। मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन्।

 

नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो । तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैंक दुई दशमलव ५३, वित्त चार दशमलव ७७, जलविद्युत् शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० र लघुवित्त उपसमूह एक दशमलव ५९ प्रतिशतले बढेका छन्।अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव २६, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ३८, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव १३, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव २६ प्रतिशतले घटेका छन् ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको रु २२ करोड ५३ लाख ४९ हजार पाँच सय ९७ को कारोबार भएको छ ।

 

 

 

 

तिब्बतममा भूकम्पपछि छ सय ४६ परकम्पन

दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल छ सय ४६ परकम्पनहरु पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो र यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो । भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनस्र्थापना गरिएको छ ।

चाइनिज रेड क्रस सोसाइटी (आरसिएससी) ले मङ्गलबार राति भूकम्प प्रभावित क्षेत्रहरुमा दोस्रो चरणको राहत सामग्री पठाएको छ । यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेड लगायत चार हजार तीन सय वस्तुहरू समावेश छन् । आरसिएससीद्वारा आपत्कालीन सरसफाई शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपत्कालीन प्रतिक्रिया सामग्रीहरुसहित ५० भन्दा बढी उद्धारकर्मीहरु पनि प्रभावित क्षेत्रमा पठाइएका छन् ।

काठमाडौंका कैदीबन्दीलाई धमाधम नुवाकोट कारागारमा स्थानान्तरण गरिँदै

नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए ।

उनका अनुसार जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी स्थानन्तरण गरेर सञ्चालनमा ल्याइएको थियो । हाल यस आसपासका जिल्लाबाट कैदीबन्दी ल्याउने क्रम जारी छ । ‘अबको केही दिनमा पूर्ण क्षमतामा कैदी व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई अन्तिम चरणमा पुर्‍याइएको छ,’ उनले भने ।

कारागारको भौतिक संरचना निर्माण पूरा भए पनि भन्सा सञ्चालन, कर्मचारी व्यवस्थापनलगायत कार्य मिलाई क्रमशः अन्यत्र जिल्लाका कैदी ल्याउने क्रम जारी छ । यहाँको कारागारमा केन्द्रीय कारागार (जगन्नाथदेवल), नक्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौँका क्षमताभन्दा बढी हुन आउनेमध्येका कैदीबन्दी स्थानन्तरण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार उपत्यकाको कारागारसहित आसपासका रसुवा, धादिङ, गोरखाका क्षमताभन्दा बढी हुन आउने सङ्ख्याका कैदीबन्दी ल्याएर पूर्ण क्षमतामा सञ्चालन गरिने छ ।

केन्द्रीय कारागारलाई आधुनिक एवं औद्योगिक कारागारका रूपमा स्थापित गराउन आवश्यक संरचना क्रमशः निर्माण गर्दै अघि बढ्ने सरकारको योजना छ । सोहीअनुसार तेस्रो चरणको भौतिक संरचना निर्माण अघि बढाउन गृहकार्य भइरहेको छ ।

‘देशभर १३ हजार कैदीबन्दी क्षमताको कारागारमा हाल २८ हजारभन्दा बढी रहेकाले नुवाकोटको केन्द्रीय कारागारलाई जतिसक्दो चाँडो पूर्णता दिन सरकार प्रतिबद्ध छ,’ महानिर्देशक भट्टराईले भने ।

काठमाडौँमा रहेको केन्द्रीय कारागारलाई २०७० साल चैत २० मा बसेको मन्त्रिपरिषद् बैठकले विदुर नगरपालिका–६ स्थित खम्पा क्याम्पमा स्थानान्तरण गर्ने निर्णयअनुरुप निर्माण गरेको यस कारागारको गुरुयोजनाअनुरुप पाँच चरणमा काम सम्पन्न गर्ने उल्लेख छ ।

तेस्रो चरणमा पहिलो युनिटका लागि चाहिने १० वटा ब्लकमा एक हजार तीन सय ७० जना कैदीबन्दी राख्न भौतिक संरचनाको निर्माण, प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा युनिट बस्ने संरचना निर्माण गरिएका छन् ।

केन्द्रीय कारागार निर्माणको गुरुयोजनाअनुरुप तेस्रो चरणको भौतिक संरचना निर्माणका लागि विभाग जुटेको छ । तर, यसका लागि यसअघि लगाएको ठेक्का प्रक्रियामा आर्थिक स्रोतको सुनिश्चित नहँुदा त्यसका लागि पहल भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिए । गुरुयोजना अनुसार सञ्चालनमा आएको कारागारको प्रत्येक ब्लकमा जघन्य अपराधमा संलग्नलाई राख्न एक–एकवटा ‘कालकोठरी’ बनाइएको छ । तर, औद्योगिक कारागारको रुपमा स्थापना गर्ने सरकारको लक्ष्यअनुरुपका अन्य संरचना भने बनाउन बाँकी छ ।

‘औद्योगिक, आधुनिक एवं नमूना कारागाराको रुपमा स्थापना गर्ने सरकारको लक्ष्यअनुसार नुवाकोटको कारागारलाई सुविधासम्पन्न बनाउन थप चरणका काम अघि बढाउन बजेट व्यवस्थापनको पर्खाइमा छौँ,’ उनले भने, ‘खेलमैदान, योग केन्द्र, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवद्र्धन केन्द्र, किरियापुत्री कक्षसहितका सुविधा अब बन्ने नयाँ संरचनामा समावेश गरिने छ ।’

कारागारका लागि आवश्यक भौतिक संरचनाको निर्माण र व्यवस्थापन केन्द्रीय सरकारमार्फत सञ्चालन गरिने छभने सीप प्रवर्द्धनसहितका कार्यक्रममा प्रदेश सरकारको सहभागिता जुटाउन थालिएको छ । यस्तै, ढल प्रशोधन र बायोग्यास प्लान्ट सञ्चालन र व्यवस्थापनसहितका कार्यमा स्थानीय सरकारको साझेदारी खोजिएको छ ।

सोहीअनुरुप अन्तिम एवं पाचौँ चरणमा रहेको ढल प्रशोधन गरेर बायोग्यास प्लान्ट बनाउने योजनालाई विदुर नगरपालिकाले अघि बढाउन सुरु गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको लगानीमा काम अघि बढाउन लागिएको हो । उक्त कार्यका लागि हालै कारागारका नाममा रहेको ३० रोपनी जग्गा उपभोग गर्न समझदारी गरिएको छ ।

 

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।

यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । सामान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।

केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।

‘प्रचण्ड’को प्रष्टीकरण- पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले सक्रिय हुन नभनेको प्रष्टीकरण दिएका छन् । मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकमा ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । सोमबार र मंगलबार नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर ‘प्रचण्ड’को आलोचना गरेका थिए । पूर्वउपराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउँदा पूर्वराष्ट्रपति पदकै अपमान हुने नेताहरूको भनाइ थियो ।

जवाफमा ‘प्रचण्ड’ले आफूले नबोलाएको र पूर्वराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रष्टीकरण दिएका हुन् । ‘मैले पासाङजी लाई आउनु भनेको होइन । रिटायर्ड भएपछि म सक्रिय भूमिकामा आउनु चाहन्छु भनिरहनुभयो,’ ‘प्रचण्ड’ले भने । केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको लहरमा बसेका थिए । तर ‘प्रचण्ड’ले ‘ आमन्त्रितकै रूपमा बोलाएको’ दाबी गरे ।

पूर्वउपराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रचण्डले पटक-पटक दोहोर्‍याए । ‘म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो’ ‘प्रचण्ड’ले भने । कतैतिर पनि विरोधाभास नहुने गरी पूर्वउपराष्ट्रपति पुनको भूमिका तय गरिने पनि ‘प्रचण्डले बताएका छन् ।

 

 

कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । सभापति देउवालाई भेट्न लिङ्देन उनकैनिवास बूढानीलकण्ठ गएका हुन् । मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भयो,’ श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिए ।

 

 

 

एमाले केन्द्रिय समितिद्धारा १४ बुँदे निर्णय पारित

नेकपा (एमाले) केन्द्रीय कमिटीको यही पुस २१ गतेबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको आठौं पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा जनसरोकारका महत्वपूर्ण विषयहरू समेटिएका १४ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको छ ।

बैठकपछि पार्टीद्वारा जारी प्रेस विज्ञप्ति यस प्रकार छ-

२३ पुस २०८१

प्रेस विज्ञप्ति

नेकपा (एमाले) केन्द्रीय कमिटीको यही पुस २१ गतेबाट पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको आठौं पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा जनसरोकारका महत्वपूर्ण विषयहरू समेटिएका १४ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको छ । बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने प्रण गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकलाई समापन सम्बोधन गर्नुहुँदै केन्द्रीय कमिटीका नेताहरूलाई पार्टीमाथिको महान् अभिभारा पूरा गर्न वैचारिक, राजनीतिकरूपमा सुस्पष्ट भएर पार्टीद्वारा निर्णित कार्ययोजना कार्यान्वयन गर्न कार्यक्षेत्रमा गएर काममा जुट्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– नेकपा ९एमाले० अनुशासित लोकतान्त्रिक पार्टी हो, हामीलाई समाजवादमा जानु छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ । पार्टीमा अराजकता र अनुशासनहीनता सह्य हुँदैन ।

बैठकमा केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई बोल्ने समय उपलब्ध गराइएकाले बैठक पूर्वनिर्धारित समय तालिकामा एकदिन लम्बिएर आज सकिएको हो । बैठकमा पार्टीका केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य र स्थायी कमिटी सदस्यहरू गरी १५३ जनाले राजनीतिक प्रतिवेदन र संगठनात्मक कामको अवस्थामाथि आ–आफ्नो राय राख्नुभएको थियो ।

त्यसैगरी पार्टीका केन्द्रीय निकायहरू– सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा।पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा।विजय सुब्बाले पनि आ–आफ्ना आयोगका कामको रिपोर्टिङका साथै प्रतिवेदनहरूमाथि सुझाव राख्दै सम्बोधन गर्नुभएको थियो ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव शंकर पोखरेलले संगठनात्मक कामको सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।

महासचिव पोखरेलले साङ्गठानिक अवस्थाको सङ्क्षिप्त जानकारी गराउँदै केन्द्रीय कमिटीको सातौं बैठकयता संगठन निर्माण र परिचालनका सन्दर्भमा महत्वपूर्ण कामहरू भएको, नेकपा स्थापनाको हीरक महोत्सव र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भव्य रूपमा सम्पन्न भएको लगायत विषय प्रस्तुत गर्नुभएको थियो ।

बैठकले पारित गरेका १४ बुँदे समसामयिक प्रस्ताव यस प्रकार छन्ः

१। राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको छ । मुख्य राजनीतिक दलहरुको नेतृत्वमा ७ दल सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरु छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ । सत्तारुढ दलहरु बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने यो बैठक कामना गर्दछ । नेकपा ९एमाले० यस सहमतिको कार्यान्वयन र सरकारको सफलताका लागि हरसंभव योगदान गर्न प्रतिबद्ध छ ।

२। सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल, भूकम्प र महामारीजस्ता चुनौतीका बिचमा नेपालले गएको साढे तीन दशकमा हासिल गरेका उपलव्धिहरु महत्वपूर्ण छन् । यद्यपि आज पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरताजस्ता चुनौतीहरु विद्यमान छन् । राष्ट्रिय पुँजीको निर्माण गर्दै र स्वाधीन अर्थ प्रणालीको विकास गर्दै समाजवाद उन्मुख राज्य निर्माणमा हामी दृढ सङ्कल्पित छौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ््क्षा अवश्य पूरा हुन्छ भन्ने आत्मविश्वास बलियो बनाउन र यस सामाजिक– आर्थिक रुपान्तरण र समृद्धिको अभियानमा सहभागी हुन यो बैठक आह्वान गर्दछ ।

३। स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवाहरुको ठूलो सङ्ख्यामा प्रवासनप्रति नेकपा एमाले चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौं भन्ने हुटहुटी बोकेका युवाहरुलाई प्रोत्साहन, सहयोग र साझेदारी गर्दैै युवाहरुमा उद्यमशीलताको विकास गर्न, उनीहरुलाई उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न र सूचना प्रविधि लगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्दै समृद्धिका संवाहकका रुपमा युवाहरुलाई परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ । ५० को दशकमा सशस्त्र द्वन्द्व, ६० को दशकमा शान्ति स्थापना र ७० को दशकमा संविधान निर्माण गर्दै अगाडि बढेको मुलुकमा ८० को दशकलाई समृद्धिको दशक र रोजगारी सिर्जनाको दशकको रुपमा अगाडि बढाउन सरकार सफल होस् भन्ने बैठक कामना गर्दछ ।

४। गम्भीर सामाजिक चुनौतीका रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरु सकारात्मक छन् । यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरुपणका लागि स्थापित राज्यका निकायहरुलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरुद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरुको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरुको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गर्दछ । र, आफ्नो पङ्क्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ सङ्कल्प गर्दछ ।

५। नेपालको संविधान कार्यान्वयनको दश वर्ष हुन लागेको छ । संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षहरुलाई निक्र्यौल गर्न र संविधानका प्रगतिशील अन्तरवस्तुहरुको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन यो बैठक सरकारसँग आग्रह गर्दछ ।

६। मिथ्यासूचना (मिसइन्फर्मेशन), दुराशययुक्त सूचना (डिसइन्फर्मेशन) र झुठ्ठा सूचना (फेक इन्फरमेशन) आज विश्वव्यापी चुनौती बनेको छ । यसले समाजमा विभाजन, प्रदूषण र नैराश्य सिर्जना गरिरहेको छ । नेपाल पनि यो समस्यासँग जुझिरहेको छ । यो बैठक संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्दै मिथ्याप्रचारलाई रोक्न राज्यका नियामक निकायहरुको भूमिका थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्दछ । पार्टी पङ्क्तिलाई सूचना प्रविधिको सही सदुपयोग गर्न र सरकार तथा पार्टीले हासिल गरिरहेका सकारात्मक उपलव्धि, सफलता र अग्रगतिका सूचना मार्फत् जनतामा आशा र भरोसा जगाउन एवं दुराशययुक्त सूचनालाई खण्डित र निष्प्रभावी बनाउन आह्वान गर्दछ ।

७। गतः वर्ष जाजरकोट र रुकुम (पश्चिम) मा गएको भूकम्पबाट प्रभावित भूकम्पपीडितहरुको पुनस्र्थापना र पुननिर्माणका काममा भइरहेको ढिलाइप्रति यस बैठकको गंभीर ध्यानाकर्षण भएको छ । यो बैठक अबिलम्ब बाँकी किस्ता राहत सहयोग उपलब्ध गराई पुनस्र्थापना र क्षतिग्रस्त क्षेत्रमा पुननिर्माणमा तीव्रता दिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । साथै, गएको असोज दोस्रो साता बागमती प्रदेश लगायत विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिबाट प्रभावितहरूको पुनस्र्थापना र पुनर्निर्माणका लागि पनि बैठक सरकारसँग गंभीर आग्रह गर्दछ ।

८। सुदूर पश्चिम र कर्णाली प्रदेशमा बारम्बार गइरहेका ससाना भूकम्पका धक्काहरुले त्यस क्षेत्रमा त्रास बढाएको छ । यही पुस ६ गते बिहान बाजुराको जगन्नाथ– ५ गोत्री केन्द्रबिन्दु बनाई गएको भूकम्पले सयौं घरहरु भत्काएको छ । आज चीनको तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपालमा पनि केही भौतिक क्षति पुगेको छ । संभाव्य प्राकृतिक विपत्तिको पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको कुरामा जोड दिँदै यो बैठक यस विषयमा सङ्घ, प्रदेश, स्थानीय तह र नागरिकहरु बिच बलियो साझेदारी निर्माणका लागि सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।

९। आज विहान चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से नजिकै केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले हालसम्म चीनमा ९५ जनाको ज्यान गएको र ठूलो भौतिक क्षति पुगेको छ । यस प्राकृतिक विपत्तिबाट पीडित चिनियाँ जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछ ।

१०। निर्णायक राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता हो । यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता, र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न संभव छ । यस्तो शक्तिको निर्माण नेकपा एमाले को नेतृत्वमा मात्रै संभव छ । यस यथार्थलाई मनन गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायत कारणले पार्टी बाहिर रहनु भएका सबै कमरेडहरु र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका मित्रहरुलाई नेकपा एमालेमा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आह्वान गर्दछ ।

११। यो बैठक श्रमजीवी जनता र विपन्न नागरिकहरुलाई केन्द्रमा राखेर दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति गर्न, महङ्गी नियन्त्रण गर्न, कालोबजारी, मिसावट नियन्त्रण गर्नका लागि बजारको प्रभावकारी अनुगमन तथा नियमन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । आफूले उत्पादन गरेको कृषि उपजहरुको उचित बजार र मूल्य किसानहरुले पाउने कुरा सुनिश्चित गर्न, बिचौलियाको बिगबिगी अन्त्य गर्न र स्वदेशी कृषि उत्पादनको संरक्षण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ ।

१२। यो बैठक पार्टीका विभागहरुका तर्फबाट तयार गरी सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएका सुझावहरुको प्रभावकारी र क्रमबद्ध कार्यान्वयनका लागि नेपाल सरकारसँग माग गर्दछ ।

१३। यो बैठक विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा भइरहेका बन्द, हडताल र अवरोधका घटनाहरुप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । यस्ता गतिविधिले गुणस्तरीय शिक्षाको राष्ट्रिय लक्ष्यमा गंभीर नकारात्मक प्रभाव पार्नुका साथै विद्यार्थीहरुको वाह्य प्रवासनलाई बढावा दिइरहेको छ । यो बैठक त्यस्ता शैक्षिक संस्थाहरुलाई हडतालमुक्त क्षेत्र घोषणा गर्न र स्वस्थ प्राज्ञिक वातावरण निर्माणका लागि प्रभावकारी भूमिका खेल्न सरकारसँग आग्रह गर्दछ । सम्बद्ध विद्यार्थी, प्राध्यापक र कर्मचारी सङ्घसंस्थाहरुलाई यस अभियानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछ ।

१४। गतः २०८१ कार्तिक २४ गते पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवीप्रसाद पोखरेलको दुःखद निधन भएको छ । तत्कालिन ‘सन्देश समूह’ मा आबद्ध हुँदै कोकेसँग एकीकरण गर्न र नेकपा माले र एमालेको विकासमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेड देवीप्रसाद पोखरेलको निधनप्रति गहिरो शोक व्यक्त गर्दै यो बैठक उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

राजेन्द्र गौतम, प्रमुख, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग

 

 

 

 

माओवादी केन्द्रीय समिति बैठक- अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

नेकपा (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको छैठौं बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पारित गरेको छ। अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ । पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्त्व बैठक भएको बताउनुभएको हो।

बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताउनुभयो । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिका लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको उहाँले स्पष्ट गर्नुभयो ।

अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्याङ्कन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले अरूलाई गालीगलौज होइन, आफ्नो पार्टीको मात्र होइन देशकै आगामी मार्गचित्र स्पष्ट गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अब अभियानमार्फत व्यापकरूपमा जनताको बिचमा गएर महाधिवेशनमा जाने बताउनुभयो । उहाँले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उहाँले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताहरूको कार्यविभाजन गर्दा उहाँको पनि गरिने बताउनुभयो ।