Page 214 – Nepalboli

नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठक आज देखि सुरु

नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी) को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा सुरु भएको हो । बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरवलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताउनुभयो ।

उहाँले भारत नेपालको आयात निर्यात र व्यापारका हिसाबले महत्त्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

प्रवक्ता बाबुराम अधिकारीले नेपाल भारतबिच केही समयदेखि व्यापार पारवहनमा देखिका समस्याहरु समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिनुभयो । उहाँले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआइएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेण्डा नेपालको रहेको बताउनुभयो ।

उहाँले बैठकमा भारतका प्रतिनिधिहरु सकारात्मक भएर बैठकमा सहभागिता भएकाले बैठक उपलब्धिमुलुक हुने आशा रहेको जिकिर गर्नुभयो । उहाँले नेपाली निर्यातकर्ताले बीआइएस प्रमाणपत्र लिन ढिलाइ भएको विषयलाई पनि बैठकमा राखिने बताउँदै भारत त्यो विषयमा सकारात्मक रहेको बताउनुभयो । उहाँले यो बैठकले नेपाली निर्यातकर्ताले बीआइएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ब्रेक थ्रुु हुने बताउनुभयो ।

बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्न समेत माग गरेका छन् । नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पुर्‍याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक भोलि सम्म चल्नेछ ।

 

मान्छे बेगरका घरहरु

लमजुङ – छेवैको घर जीर्ण छ । आँगन घाँसे मैदानजस्तै बनेको छ। भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ। मान्छे बेगरको घर यस्तै त हुन्छ नि, बेवारिसे झैँ, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका-१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उदेक लाग्छ। उनको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किँदा उस्तै जीर्ण र छिमेकी बेगर घर छन्। रमादेवी अहिले लगभग छिमेकीविहीन जस्तै छिन्। उनको घर वरिपरिका झण्डै १५ घरमा ताल्चा झुण्डिएको छ। घरधनी सहरतिर छन्। गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ।

उनलाई गाउँ रित्तिँदै गएकामा चिन्ता लाग्छ। किनभने त्यो गाउँसँग उनको बाल्यकालदेखि बुढौलीसम्मकै प्रगाढ सम्झना छ। बालखैमा बिहे गरेर आएको गाउँ हो। यहाँ पहिला कति रमाइलो हुन्थ्यो। अहिले कस्तो भयो, उनी भन्छिन्, हराउँदै गयो गाउँको रौनक।

बिहे भएर आएदेखिको उनको मानसपटलमा पुरानो गाउँ अझै फनफनी घुम्छ, अतित बनेर। कच्ची बाटो पारि र वारि दुवैतिर घनाबस्ती थियोु, उनी गाउँको विगत स्मरण गर्दै भन्छन्, अहिले घरहरु छन्, बस्ने कोही छैनन्। सबै सहरतिर लागे। सुख र सुविधाले त्यति तान्यो।

छोराबुहारीको साथमा घरमै बस्न पाए पनि रमादेवीलाई सुनसान गाउँको अवस्थाले मन पोल्छ। अझ बढी त करेसा बारीमा फलफुल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा उनलाई खल्लो लाग्छ। कुनै समय थियो। गाउँभरका चकचके केटाकेटीले बोटमा बतिला नलाग्दै फलफूल टिपेर बिठ्याइँ गरिदिन्थेु, उनको स्मृति बग्दै गयो, उतिबेला लट्ठी लिएरै भुराभुरी लखेट्दै दौडिनुपर्थ्यौ। अहिले चरा र बाँदरले खाएर रित्याउँछन्। मान्छे भेटिँदैनन्।

लमजुङको राइनास नगरपालिका-१० बोराङलाई न्यौपाने टोल पनि भनेर चिनिन्छ। किनभने त्यहाँ तीन घर अधिकारीबाहेक प्रायः सबै न्यौपाने थरका छन्। अधिकांश शिक्षक पेसामा आबद्ध टोल भएकाले यस गाउँको अर्को नाम मास्टर टोल पनि हो। यहाँका अधिकांश बुबाहरु शिक्षक पेसामै आबद्ध हुनुभयो भने छोराछोरी केहिले यही शिक्षण पेसा अपनाएका छन्, रमादेवीका छोरा राममणि न्यौपानेले भने।

उनी गाउँकै महेन्द्र प्राथमिक विद्यालयको प्रधानाध्यापक हुन्। उनका अनुसार टोलमा ५५ घरधुरी छन्। यसमध्ये मुस्किलले २६-२७ घरमा मात्रै घरमुली बसोबास गर्छन्। अरु अधिकांश शहरतिरै त कोही विदेश पलायन छन्। शिक्षकहरु जन्माएको थलोप्रति राममणिलाई जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकामा पीडा उत्तिकै छ। पाँचजनाको शिक्षक दरबन्दी घटेर अहिले दुईजनामा सीमित हुनुपरेको छ।

कक्षा शिशुदेखि कक्षा ५ सम्म जम्मा १७ जना विद्यार्थी पढ्न आउँछन्। त्यसमा पनि बोराङटोलको एक जना मात्रै विद्यार्थी पढ्छन्। गाँउमा अभिभावक नै नभए पनि पढ्न आउने केटाकेटी कहाँ पाउनुरुु, उनी भन्छन्। अझ भनौँ कहिलेकाहीँ विद्यार्थी विद्यालय नआइदिएर कक्षा रित्तै हुने गर्छ। राममणिका अनुसार गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायातलगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरु रित्तिदै गएको हो। यसले टोलको विकाससहित विद्यालयको पठनपाठनमा समेत असर गरेको छ।

राइनास नगरपालिका-१० मा प्यारजुङ, लामा गाउँ, सिमघारी, पात्लेपानी, कत्रेनी, बोराङलगायत टोल छन्। टोलैपिच्छे मौरीपालन, तरकारी खेती जस्ता उत्पादन र उद्यमशील काम भएका छन्। यद्यपि पालिकाले योजनाबद्ध ढंगमा आधुनिक खेती बसाउने र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा स्थानीय सहरमुखी हुन थालेको बताउँछन्। बस्तीमा मान्छे बस्न छाडेपछि प्रेम न्यौपानेको मनोबल कमजोर हुँदै गएको अनुभव सुनाउँछन्। छरछिमेकी हुँदा गाह्रोसाह्रो परेको बेला सहयोगी हात हुन्थे, उनी भन्छन्, अहिले बिरामी भइयो भने छिमेकी गुहार्न पनि ठाउँ छैन।

गाउँका युवा पुस्ताहरु रोजगारी र शिक्षा आर्जन गर्नका लागि सहर पसेका छन्। चाडपर्वमा घर सम्झेर एकाध परिवार आउँछन नभए वर्षौँदेखि घरले स्याहार नपाएको स्थानीयले बताए। प्रेमका छिमेकी हुन्, विजयराज, दामोदर, अर्जुन। उनीहरु तीनैजनाको घरमा ताल्चा छ।

रोजगार र छोराछोरी पढाउन काठमाडौं पसेका छिमेकी उतै बसेको प्रेम बताउँछन्। मेरो वरिपरि त सबै घरमा ताला लागेको छ। छिमेकी नहुँदा निकै नियास्रो महसुस हुन्छु, उनी भन्छन्, गाउँका टाढाबाढा मान्छेहरु नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन।

गाउँको छेउँमै चौतारा छ। चौतारा अचेल पहिलेजस्तो भरिभराउ हुँदैन। ७२ वर्षे स्थानीय विष्णुहरि न्यौपाने अब बूढाबूढीपछि पुर्ख्यौली घर कसले धान्ला भन्ने चिन्ताले सताउन थालेको बताउँछन्। उनको ठूलो छोरा चितवन रोजगारका सिलसिलामा उतै छन्। माइलो र कान्छो काठमाडौंमा छन्। सुविधा नभएको गाउँमा नबस्नु, सहरतिरै आउनु भनेर छोराहरुले जोड गरे पनि जन्मेको थलो छोड्न मन नलागेको उनले सुनाए।

हामी चिसो छल्न गाउँ आएका। होइन भने प्रायः काठमाडौंतिर बस्छौँ, उनले भने, किन बस्ने गाउँमा भो अब दुस्ख गर्नु पर्दैन भन्छन् छोराहरु। बिरामी परेको बेला सिटामोल समेत पाउन मुस्किल हुने गाँउको दुःख सम्झिँदा विष्णुहरी गाँउको माया गर्ने आदर्श भाव ओझेल पर्दै गएको बताउँछन्।

उनले भनेजस्तै गाउँमा बस्न सजिलो भने पक्कै छैन। जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ।

६८ वर्षे डिल्लीराम न्यौपानेले गाउँका अनेक दुःखलाई बेलीविस्तार लगाए। उखको पुर्ख्यौली जिउने आधार खेती किसानी हो। सकिनसकी लगाएको बाली बाँदर, मृग, दुम्सीले जस्ता जनावरले एकैछिन सखाप पारिदिन्छन्। अन्न लगायो बाँदरलाई बाख्रा पाल्यो बाघलाईु, उनी किसानले भोग्नु परेको पीडा सुनाउँछन्, के खाएर बस्ने हो यो गाउँमारु अनि सहर नपसे के गर्ने ?

लालीगुँरास आमा समूहकी अध्यक्ष राजुकुमारी न्यौपाने गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले खासै कुनै पनि योजना नल्याएको गुनासो गर्छिन्। रोजगारीको अभाव, उद्यमशीलताका आधारहरु नहुँदा युवा पलयान भएका छन्। यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै सहर पस्न थाले। यसले गर्दा गाउँ सुनसान हुँदै गएको उनले सुनाइन्। मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउने भन्दै गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन अति आवश्यक रहेको उनले बताइन्।

सामुदायिक सिकाइ केन्द्रमा आबद्ध रहेकी स्थानीय विमला अधिकारी न्यौपानेले कृषिमा आधुनिकीरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न सके न्यौपाने गाउँ स्वर्गजस्तै रहेको बताइन्। धुलोधुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ। परम्परागतरुपमा धान, गहुँ, मकैखेती गर्दै आएका यहाँका किसानहरुका अहिले अधिकांश जग्गा बाँझै छन्।

खेती गर्ने बुढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहन्छु, विमला भन्छिन्, कृषिमा आधुनिकीरण गर्न सके पनि आयआर्जनमा धेरै राहत हुन्थ्यो।

भारतीय राजदुतावासद्धारा काठमाडौमा हिन्दी दिवसको अवसरमा कार्यक्रम आयोजना

काठमाडौ स्थित नेपालका लागी भारतीय राजदुतावासले विश्व हिंदी दिवस को अवसरमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा  संसद तथा नेपाल हिन्दी मन्चका अध्यक्ष मंगल प्रसाद गुप्ता, भाषा आयोगका अध्यक्ष डॉ गोपाल ठाकुर, नेपाल संगीत और नाटक प्रज्ञा प्रतिष्ठानका कुलपति श्रीमती निशा शर्मा लगायतका अतिथीहरु उपस्थित थिए । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी दिवसको अवसरमा दिएको सन्देश दुतावासका काउंसलर गीतांजलि ब्रैंडनले वाचन गरेका थिए ।

कार्यक्रममा काठमांडू स्थित केही विद्यालयहरु हिंदी कविता पाठ र नाटकमा भाग लिएका थिए, जसमा विद्यार्थीहरुले विभिन्न विषयहरु माथी कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको तफवाट समेत केहि कलाकारहरु भाग लिएका थिए ।

कार्यक्रममा नेपाल र भारत मैत्री कवि सम्मेलन समेत आयोजना गरिएको थियो । जसमा दुवै देशका प्रतिष्ठित कविहरुले हिंदी कविता सुनाएर सहभागी दर्शकहरुलाई मंत्रमुग्ध पारेका थिए ।

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ ।

त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी रु ११ लाख ७५ हजारका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले तत्कालै रु ५३ करोड जम्मा गरिदिएको थियो ।

आयोजनाको प्रवेशमार्गमा झण्डै चार सय परिवारको घरजग्गा परेको छ । सर्वोच्चको परमादेशपछि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए । विसं २०८१ जेठ २२ गते अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेर सुरुङमार्गको काम सकिएको घोषणा गरिएको थियो ।

लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उहाँ कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको थियो । उहाँसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईँलाई रू ३७ लाख, मीना गुरूङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरूङलाई रू पाँच लाख र कृष्णबहादुर गुरूङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताउनुभयो ।

 

 

 

साझ ७ बजे मन्त्रिपरिषद बैठक बस्दै

आज साझ ७ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ ।

बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुने बताइएको छ ।

 

तरकारीखेतीमा रमाउदै वडाध्यक्ष

कञ्चनपुर । शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन् । यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन् । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उनी बताउँछन् ।

चौधरी तरकारी खेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित छन् । त्यही भएर उन दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जनताले चुनेका हुन् । बिदाका दिन वडाको काम नपरे उनी दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बिताउँछन् । उनकी श्रीमतीले पनि तरकारी रोप्नेदेखि टिप्ने, बोक्ने कार्यमा चौधरीलाई सघाउँछिन् ।

वर्षमा वडाध्यक्षले पाँच लाखजत्तिको तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् । दश कठ्ठा जग्गामा उनले तरकारी खेती गरेका छन् ।

काउली, गोलभेँडा, धनिया, रायो, खुर्सानी, मुला, घ्युसिमी, भान्टा, आलुलगायत तरकारी तथा हरियो साग चौधरीको बारीमा लटरम्म फलेका छन् । ‘काउली मात्र बेचेर ५० हजार रुपैयाँ जतिको आम्दानी भएको छ’, अध्यक्ष चौधरीले भने, ‘पहिलोपटक लगाएको काउली बेचिसक्यौँ, दोस्रोपटक लगाएको काउली आउँदो महिना बेच्न ठिक हुन्छ ।’ काउलीबाहेकको अन्य तरकारी २० हजार रुपैयाँ जतिको बेचेको उनी बताउँछन् ।

‘बारीमा प्याजका बेर्ना रोप्न तयार भएका छन्,’ अध्यक्षकी श्रीमती सावित्री चौधरीले भनिन्, ‘आलु खन्ने अवस्थामा छन्, आलु खनेर प्याज रोप्छौं ।’

यसअघि चौधरी दम्पतीले लौका, काँक्रा, तितेकरेला, फर्सीलगायतको खेती गरी एक लाख रुपैयाँ आम्दानी गर्न सफल भएका थिए । उनीहरुले तरकारी खेतीको कमाइले परिवारको खर्चसँगै छोराको पढाई खर्च व्यहोर्दै आएका छन् ।

नगरपालिकाबाट पाइने पारिश्रमिक सामाजिक कार्यमै खर्च गरेर सिद्धिने उनी बताउँछन् । ‘आर्थिक सहयोग माग्नेलाई दिनैपर्‍यो’, उनले भने, ‘भेट्न आउने पाहुनाको सेवा सत्कार गर्नैपर्‍यो, सामाजिक कार्य गर्न सहयोग माग्नेलाई नाइनास्ती गर्न पाइएन, यस्तो अवस्थामा नगरबाट उपलब्ध हुने पारिश्रमिकले भ्यान निकै गाह्रो हुन्छ ।’

‘जनप्रतिनिधि हुँ भनेर हात हल्लउँदै हिँड्नु पनि परेन, वडाध्यक्षले परीश्रम गरेको देखेर अरूले पनि गर्छन्, काम गर्ने प्रवृत्ति हामीले नै बसाल्नुपर्छ, आर्थिक रूपमा वडावासी समृद्ध बने मात्र विकासले फड्को मार्ने हो’ उनी भन्छन् ।

बिहान, साँझ र बिदाको दिनको सदुपयोग बारीको काम गरेर बिताउने चौधरी वडाको विकासका कार्यमा पनि उत्तिकै चासो राख्छन् । गाउँका सडक स्तरोन्नति गर्ने कार्यमा श्रमदान गर्न अग्रसर भएर अगाडि सर्छन् । परिश्रमी वडाध्यक्षका रूपमा वडावासीले उनलाई चिन्ने गर्छन् ।

विकास निर्माण, सामाजिक कार्यमा अग्रणी रहने भएकाले दोस्रोपटक वडाध्यक्षको नेतृत्व सम्हाल्ने मौका वडावासीले दिएको बिलबहादुर चौधरी बताउँछन् । ‘वडाध्यक्ष भए पनि तरकारी खेती गर्नुहुन्छ, गाउँका अरू किसानभन्दा तरकारी फलाउनमा पछाडि हुनुहुन्न’, उनले भने, ‘नगरपालिका र वडाबाट पनि किसानलाई पहिलो स्थानमा राखेर अनुदानका कार्यक्रम सञ्चालन गर्नुहुन्छ, किसानलाई कुन किसिमको तालिम चाहिन्छ, मागअनुसारको तालिम चलाउनुहुन्छ ।’

वडा अध्यक्षकै प्रयासमा व्यवसायिक तरकारी खेती गर्ने किसानले खेत जोत्नका लागि पावर टिलर, तरकारी खेती गर्न प्लाष्टिका हाइटेक टनेल, सिँचाइका लागि विद्युतीय मोटर तथा पम्पसेट पाएको उनी बताउँछन् ।

उन्नत जातको बीउबिजनको प्रयोगलाई बढावा दिने कार्यसँगै खेतीगर्ने तौर तरिका सिकाउनका लागि किसानलाई जानकारी गराउन प्राविधिक परिचालनको कार्य वडा अध्यक्षकै प्रयासमा हुने गरेको उनको भनाइ छ ।

वडा अध्यक्ष हुनुअघि नरेन्द्रले वरघर बनेर गाउँको नेतृत्व गरेका थिए । गाउँको न्याय निसाफ छिन्ने, अंशवण्डा गर्ने, संस्कृति जोगाउने, विकास निर्माणको अगुवाइ गर्ने कार्य थारू समुदायमा वरघरले गर्ने गर्दछन् ।

 

 

कैलालीमा माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

पछिल्लो समय कैलालीमा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् ।

दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि पूर्वी नेपालको विर्तामोड र भारतबाट माटोका विभिन्न तयारी भाँडा ल्याएर बिक्री गरिरहेको भाँडा व्यवसायी गणेश शाहले बताए ।

‘पहिले धनगढीमा माटोका भाँडा बनाउने कालिगड जहातही हुन्थ्ये, माटो पनि आवश्यकताअनुसार सहजै उपलब्ध हुन्थ्यो । स्थानीयस्तरमा बनाइएको भाँडा बिक्री गर्न सहज पनि थियो’, उनले भने, ‘पछिल्लो समय बमहिरबाट तयारी अवस्थामा भाँडा ल्याएर बिक्री गर्दा उपभोक्ता विश्वास पनि कम गर्ने भएकाले व्यापार घटेको छ।’

भारतबाट ल्याउने गरेका माटोको भाँडा भन्सार तिरेर आयात गर्नुपर्ने भएकाले महङ्गो पनि पर्न गएको भन्दै शाहले यसरी व्यापार गर्दा मुनाफा पनि नहुने बताए ।

आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लाष्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि पहिलेको तुलनामा माटोका भाँडाले बजार पाउन छोडेको धनगढीको कृष्णनगरकी व्यवसायी नीलमदेवी कलवाराले उल्लेख गरे । ‘केही वर्ष पहिले दैनिक रु पाँच हजारदेखि रु १० हजारसम्म कारोबार हुन्थ्यो, अहिले दैनिक रु एक हजारदेखि रु तीन हजारसम्मको कारोबार हुन्छ’, उनले भने ।

लामो समयदेखि माटोका भाँडासम्बन्धी व्यवसाय गर्दै आएकी कलवाराले पछिल्लो समय बिक्री घटेसँगै व्यवसाय सङ्कटमा पर्न थालेको गुनासो गरे । ‘पहिलेको तुलनामा कारोबार घटेपछि जीविकोपार्जनमा समस्या हुन थालेकोछ । यो व्यवसायबाट खर्च चलाउन मुस्किल हुन थालेपछि अहिले गर्मी मौसममा गन्नाको जुस र जाडोमा अण्डा ठेला राखी बिक्री गर्न थालेकी छु’, उनले भने ।

स्थानीयस्तरमा भाँडा बनाउने माटो पाउन छोडेपछि भारतको लख्खिमपुरसहितका सहरबाट तयारी भाँडा ल्याएर बिक्री गरिरहेको कलवाराले जानकारी दिए । ‘पहिले माटोका भाँडा बनाउने भट्टा यहाँ थुप्रै थिए, हिजोआज माटो पाउन छोडेपछि बाहिरबाट भाँडा ल्याउदा महँगोमा बिक्री गर्नु पर्दछ’, उनले भने ।

प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडाको व्यापार घटेको धनगढीका व्यवसायी अरविनप्रसाद कलवाराले बताए। ‘पहिलेभन्दा अहिले व्यापार धेरै घटेको छ, यही अवस्था रहे यो पेसा लोप हुने जोखिम बढेको छ’, उनले भने ।

स्थानीय सरकारले माटोका भाँडा बनाउने सीप पुस्तान्तरण गर्न र यो पेसा संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्नेमा कलवाराले जोड दिए । ‘माटोबाट निर्मित भाँडा टुटफुट बढी हुने भएकाले प्रयोगकर्ता घट्ना थालेका छन् । घरघरमा सिमेन्टका गमला लगेर बिक्री गरिँदा पनि माटोका भाँडाको माग घटेको हो’, उनले भने ।

अहिले प्रतिग्राग्री रु दुई सयदेखि रु पाँच सय, प्रतिगमला एक सयदेखि रु दुई सय, प्रतिखुत्रुक्के रु ३० देखि रु तीन सय, प्रतिकलश रु १५ देखि रु ५० मा बिक्री भइरहेको उनले जानकारी दिए ।

शीतलहरको कहर संगै तराई-मधेशमा बढ्दै जोखिम

चिसो बढेसँगै तराई-मधेशका विभिन्न जिल्लामा शीतलहरको सुुरु भएको छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ (११ वर्ष) मा एक सय १६ जानाले ज्यान गुमाएका हुन् । प्राधिकरणको तथ्याङ्कानुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन् । सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा चार, बारामा दुई र झापा र नवलपरासीमा एक–एक जना गरी एक सय १६ जनाको मृत्यु भएको छ ।

प्राधिकरणको तथ्याङ्कानुसार २०६८ साल वैशाखदेखि चैतसम्ममा मात्र ६६ जनाको मृत्यु भएको थियो । यसैगरी २०७४ मा ४८ जनाको शीतलहरका कारण मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । विसं २०६८ र २०७४ बाहेक अन्य वर्षमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो, हिटर ताप्दा भने सर्वसाधरणको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

शीतलहरको जोखिम भएका क्षेत्रमा जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम जस्तै बाक्लो लुगा, कम्बल वितरण प्रभावकारी गर्न नसक्नु, पूर्वतयारीमा राज्यको लगानी न्यून रहनु तथा शीतलहरबाट सर्वसाधरणलाई बचाउन पर्याप्त तयारी नहुँदा कयौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ ।

पछिल्लो समय भने शीतलहरकै कारण मृत्यु भए पनि पुष्टि गर्न झन्झटिलो बनेको छ । अब भने कुनै अस्पताललले शीतलहरकै कारण मानिसको मृत्यु भएको हो भन्ने कुरा कुनै अस्पतालको डाक्टरबाट नै पुष्टि हुनुपर्ने बताउनुहुन्छ, प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराई । “पछिल्ला वर्षहरूमा शीतलहरका कारण मृत्यु भएको तथ्याङ्क छैन, अबचाहिँ डाक्टरले नै शीतलहरका कारण मृत्यु भएको हो भनेर पुष्टि गरेमा मात्रै तथ्याङ्क रहने भयो”, उहाँले भन्नुभयो, “शीतलहरकै कारण मृत्यु भएको हो भनेर पुष्टि गर्न गाह्रो भएपछि चिकित्सकले नै पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको हो । नत्र चिसोमा अन्य कारण पनि मृत्यु हुन्छ । निमोनिया, हृदयघात तथा अन्य रोगका कारण पनि मृत्यु हुनसक्छ ।”

उहाँका अनुसार शीतलरमा न्यायो कपडा वितरण गर्नेजस्ता पूर्वतयरीको जिम्मा स्थानीय तहलाइ दिइएको छ । स्थानीय तहकोे क्षमता अभिवृद्धि गर्नुपर्ने भट्टराईको भनाइ छ । तराईमा शीतलहरको अवस्था आएमा सूचना प्रवाह गरिने बताउनुहुन्छ, जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल ।

यी हुन् प्रभावित जिल्ला

प्राधिकरणका अनुसार बढी प्रभावित जिल्लामा सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासीपश्चिम र कपिलवस्तु गरी ११ जिल्ला छन्भने झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्ला भने कम प्रभावितमा पर्छन् ।

दाउरा वितरण

वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले उक्त प्रदेशअन्तर्गत आठ जिल्लाका डिभिजनल वन कार्यालयलाई प्रभावित क्षेत्रमा दाउरा वितरणका लागि निर्देशन दिइएको जानकारी दिनुभयो ।

“प्रभावित क्षेत्रमा दाउरा वितरणका लागि आठ जिल्लामा रू १०–१० लाख पठाइएको छ”, उहाँले भन्नुभयो, “यसबाहेक पनि डिभिजनल वन कार्यालयले आफ्नो तरिकाले दाउरा वितरण गरेको छ । हामीले घरैपिच्छे वितरण गर्दैनौँ, मानिस भेला भएर ताप्नका लागि समूहमा दाउरा वितरण गरिरहेका छौँ ।”

जलवायुको असर

जलवायुविद् मञ्जित ढकालले जलवायु परिरवर्तनको असरका कारण मौसममा अनियमितता हुने र शीतलहरका असर बढ्नेजस्ता समस्या उत्पन्न हुने बताउनुभयो । “जलवायु परिवर्तनका कारण तापमान वृद्धि भइरहेको छ, तापमान वृद्धिका कारण गर्मी मात्र बढ्छ भन्ने होइन, चिसोमा धेरै चिसो र तातोमा धेरै गर्मी हुने भन्ने हो”, उहाँले भन्नुभयो, “शीतलहरका साथै अहिले तराईमा हुस्सुको समस्या पनि बढिरहेको छ । बाक्लो हुस्सु लाग्दा हवाई यातायतमा समस्या देखिएको छ ।”

ढकालले जलवायुजन्य जटिल समस्याबाट उत्पन्न हुने विपद् न्यूनीकरण गर्नुपर्ने र जलवायु अनुकूलनका कार्यक्रम कार्यान्वयनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड

शीतलहरजस्ता विपद् व्यवस्थापनका कार्य गर्ने अधिकार स्थानीय तहलाई दिए पनि उनीहरूको क्षमता अभिवृद्धि, पूर्वसूचनामा बेवास्ता, अन्य कार्यलाई बढी प्रथामिकता दिँदा शीतलहरजस्ता विपद् व्यवस्थापनको कार्य प्रभावकारी हुनसकेको छैन । राज्यले पनि कम प्रथामिकतामा राख्दा पूर्वतयारीमा लगानी न्यून रहेको सरोकारवालाको गुनासो छ ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले शीतलहर चलेको भन्ने जानकारी राख्ने क्षमता स्थानीय तहलाई नभएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको बताउनुभयो । “शीतलहरको अवस्था आउँदैछ भन्ने जानकारी स्थानीय तहलाई हुँदैन, दुई वा सोभन्दा बढी दिनसम्म तराईको तापक्रम १० डिग्रीले तल रहेमा शीतलहर आउँछ । पाँच दिनदेखि तराईमा न्यूनतम सातदेखि १२ डिग्री ससेल्सिस छ”, उहाँले भन्नुभयो, “तर शीतलहर घोषणा गर्ने अधिकार न त स्थानीय तहलाई हुन्छ न यससम्बन्धी प्राविधिक जानकारी नै ।”

उहाँले अझै तराईमा दुई दिनसम्म हुस्सु लाग्ने र अझै चिसो बढ्ने भन्दै न्यायो कपडा तत्काल बाँड्न सम्बन्धित स्थानीय तहलाई सुझाव दिनुभएको छ । उप्रेतीले शीतलहरबाट मानवीय क्षति कम गर्न प्रतिकार्य योजना बनाए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । चिसो तथा शीतलहरबाट कसरी बच्ने भन्ने सन्दर्भमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

मौसम पूर्वानुमान माहाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले अहिलेसम्म शीतलहरको अवस्था देखा नपरेको भन्दै शीतलहरको अवस्था आए बुलेटिन प्रकाशन गर्ने बताउनुभएको छ । “यदि भिजीबिलिटी दुई दिनसम्म १५ सय मिटरभन्दा कम भयो र अधिकतम् र न्यूनतम तापक्रम पाँच डिग्र्री सेल्सियसको फरक दुई वा सोभन्दा बढी दिन भएमा शीतलहर घोषणा गर्ने मापदण्ड छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गत वर्ष शीतलहर भएको थिएन ।

दाउरा र हिटर बाल्दा आगलागीको डर

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहरका समयमा आगलागीका घटना बढेको भन्दै दाउरा र हिटर प्रयोग गर्दा सतर्कता अपनाउन सचेत गराएको छ ।

प्राधिकरणका अनुसार चिसोको समयमा हिटर बालेर सुत्ने, दाउरा तथा कोइला बाल्दा आगलागीका घटना बढ्ने गरेको छ । विपद् व्यवस्थापनविद् डा उप्रेतीले चिसोको समयमा दाउरा तथा कोइला ताप्दा हुने आगलागीका घटना बढिरहेकामा चेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

शीतलहरमा स्वास्थ्यमा समस्या

शीतलहरका बेला विषेश सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जनस्वास्थयविद् डा समिर अधिकारीले अचानक तापक्रम न्यून हुँदा निमोनिया हुने, छालाको समस्या, रूघाखोकी लाग्नेदेखि दीर्घरोगसमेत लाग्ने हुँदा विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

“तापक्रम कम भएर शीतलर चल्दा पैताला, टाउको, घाँटी, छाती र हातबाट शरीरमा चिसो पस्छ, जसले गर्दा छाला चिलाउने, सुन्निने, रातो हुन्छ । यसका साथै झाडापखाला, बाथरोग लाग्ने, जीउ दुख्ने, मानसिक तनावसमेत हुन्छ”, उहाँले भन्नुभयो, “यस समयमा विशेष सतर्कता अपनाएर न्यानो लुगा लगाउनुपर्छ ।”

मुटुरोग विशेषज्ञ डा रञ्जित शर्माले बढी चिसो हुँदा सबैभन्दा बढी असर मुटुलाई पर्ने बताउनुभयो । चिसोेमा हाम्रो शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली भने खुम्चँदा यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुने उहाँको भनाइ छ । अनि हाम्रो मुटुले सामान्य अवस्थामा भन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृदयघात र मस्तिष्कघातसमेत हुनसक्छ”, शर्माले भन्नुभयो ।

के हो शीतलहर ?

तराईका विभिन्न भागमा विशेषगरी पुस र माघमा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ । यसरी चिसो बतास ९हावा० चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ ।

प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकासम्म हप्तौँ वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुन्छ । शीतलहर सामान्यतया विशेष मौसम प्रणालीको परिणामका रूपमा देखापर्दा तापक्रम धेरै तल झर्ने अवस्था उत्पन्न हुन्छ । शीतलहरको अवधिमा तापमान सामान्यभन्दा धेरै कम हुन्छ । जसकारण दैनिक जीवनमा विभिन्न समस्या र असुविधा उत्पन्न हुनसक्छ ।

शीतलहरबाट जोगिने उपाय

शीतलहरबाट प्रभावित हुने स्थानमा बसोबास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विषेश ख्याल राख्न जरूरी छ । यस समयमा सकेसम्म घर बाहिर ननिस्कुन उचित हुने विज्ञको सुझाव छ । न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने, वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ । यसैगरी शीतलहरका विषयमा स्थानीय प्रशासनसँग नियमित सूचना लिनु आवश्यक छ । स्थानीय तथा प्रदेश तहसँग समन्वय बढाउन आवश्यक छ ।

के छ सरकारको योजना

सम्भावित शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन, २०७७ मा हिमपात, चिसो तथा शीतलहरबाट बच्न सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सामग्री तयार गरी प्रचारप्रसार गर्ने, विद्यार्थीलाई कक्षा दिने उल्लेख छ ।

“शरीरको न्यानो बचाउ अभियान प्रचार गर्ने, उपलब्ध साधन स्रोतको आकलन गर्ने, जस्तै खाद्यान्न, न्यानो कपडा, कम्बल, दाउरा काठ, औषधि र स्वास्थ्य सेवा, हिउँ पन्छाउने सामग्री, सञ्चार, पहुँच, खट्ने जनशक्तिको तयारी गरिने छ”, मार्गर्दशनमा उल्लेख छ, “समभावित दुर्घटना आगलागी, कोठामा निसासिने आदिबाट बच्न चेतनामूलक तथा सन्देशमूलक सूचना स्थानीय भाषामा तयार गरी आमसञ्चारमाध्याममार्फत प्रचारप्रसार गरिनेछ ।”

हिमपात, तुसारो, बाक्लो कुहिरोका कारण सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने, आवश्यकतानुसार सबै समूह गठन गरी त्यस्ता स्थानको ‘प्यापिङ’ गर्ने र दुर्घटना हुनसक्ने जोखिमयुक्तरसम्भावित क्षेत्रमा विभिन्न साङ्केतिक चिह्न तथा सूचनामूलक सन्देश राख्ने योजना छ । सवारीचालकलाई प्रवेश तथा प्रस्थान विन्दुमा जानकारी गराउने, हिमाली क्षेत्रमा हुनसक्ने हिउँआधीलागायत सम्भाव्य दुर्घटनाको खोज, उद्धार र उपचारको आवश्यक पूर्वतयारी गर्ने योजना छ ।

यसैगरी शीतलहर तथा मौसमसम्बन्धी पूर्वानुमान बुलेटिन साप्ताहिकरदैनिक जारी गर्ने र सो बुलेटिनलाई आमसञ्चारमाध्यामबाट प्रकाशन तथा प्रसारण गर्ने गराउने, प्राधिकरण र विभागबीच आवश्यकतानुसार बैठक राखी समन्वय गर्ने मार्गदर्शनमा उल्लेख छ ।

“स्वास्थ्यसम्बन्धी समस्यालाई रोकथाम गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने–गराउने, स्वास्थ्यकर्मी औषधि र द्रुतप्रतिकार्य समूह तयार गरी परिचालन गर्ने । आवश्यकता हेरी स्वास्थ्य शिविर सञ्चालन गर्ने”, मार्गदर्शनमा भनिएको छ, “कृषिवाली र पशुपन्छीको क्षतिलाई न्यून गर्न आवश्यक औषधोपचार तथा यसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा सन्देशमूलक सूचना प्रचारप्रसार गराउने र शीतलहरका कारण अन्नबालीरपशुपन्छीको क्षति भए किसानलाई मल, बीउ, पशुपनछी उपचार तथा प्रविधि सहयोग र राहत तत्काल उपलब्ध गराउने, गर्न लगाउने योजान छ ।”

कृषिक्षेत्रमा हुने विपद् जोखिम हस्तान्तरण (बिमा) का योजना रणनीतिक कार्ययोजना तयार गरी पेस गर्ने मार्गदर्शनमा उल्लेछ । तर मर्गदर्शनमा उल्लेख भएका कार्ययोजनाको प्रभावकारी कार्यनवयन हुनुपर्नेमा सरोकारवालाहरूमा जोड छ ।

कांग्रेससँगको सहमति विपरीत ‌ओलीले अभिव्यक्ति दिए- नेता साउद

सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबिचको सहमति विपरीत रहेको बताएका छन् । कांग्रेस बर्दियाले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको बताए ।

‘हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन् । यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ,’ साउदले भने, ‘तर, यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमति विपरीत छ । यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ ।’

नेता साउदले सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन पनि आग्रह गरे । जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो ।