Page 155 – Nepalboli

मुठभेडको बाटोमा अघि वढदै राजनिती

सरकारले नेपाल विद्युुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिंगलाई बर्खास्त गरे संगै सिंगो राजनिती मुठभेडको वाटोमा अघि वढेको छ । पछिल्लो समयमा राजावादी आन्दोलनले तताई रहेको राजनिती ध्रवीकरण घिसिंग प्रकरणले सरकारलाई थप रक्षात्मक बनाई दिएको छ । सरकारमै रहेका नेपाली काग्रेसका समेत प्रभावशाली नेताहरुले सरकार विरुद्ध खलेर मुखरित भएका छन भने प्रतिपक्षी दलहरु माओवादी, एकिकृत समाजवादी देखि रास्पा सम्मका दलहरु मंगलवार सडकमा ओर्लिएका छन ।

राप्रपाले राजवादी पक्षहरुको आन्दोलनमा सर्मथन जनाउदै २६ गते काठमाडौमा विरोध प्रर्दशन गर्ने र बैशाख ७ गते देखि निरन्तर आन्दोलनमा जाने घोषणा गरेका छन । काठमाडौका मेयेर वालन शाहले पनि एक हप्ता पछि सरकार विरुद्ध कडारुपमा प्रस्तुत हुुने चेतावनी दिएका छन । यसरी हेर्दा सरकारलाई सरकारमै रहेको दलहरु देखि प्रतिपक्षी दलहरु हुदै राजावादी पक्षहरुको आन्दोलनले घेराबन्दीमा पारेको देखिन्छ ।

पछिल्लो समयमा राजावादी पक्षहरुको सल्लबलाहटले सतापक्ष र प्रतिपक्षमा रहेको सबै गणतन्त्रवादी दलहरु एकमत देखिएका थिए । तर सोमवार साझ देखि राजनिती परिदृश्य फेरिएका छन । रोचक के छ भने सोमवार दिउसो मात्रै प्रधानमन्त्री केपी ओली, काग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको संयुक्त बैठक बसेका थिए । तर त्यही साझ मन्त्रीपरिषद बैठकले घिसिंगले बर्खास्त गरे पछि राजनिती परिदृश्य झन धुव्रीकृत देखिएका छन ।  प्रधानमन्त्री कपी ओली चातर्फी निशानामा देखिन्छन ।

प्रतिपक्षमा रहेका माओवादी, एकिकृत समाजादी समर्थक विद्यार्थी तथा युवा संगठनहरु मंगलवार काठमाडौमा सरकार विरुछ प्रर्दशन गर्न सुुरु गरिसकेका छन भने रास्पाले सरकारले विरुद्ध हुने सबै विरोध प्रर्दशनहरुमा सामेल हुने मंगलवार जनाएका छ । रास्पा पनि मंगलवार घिसिंगको पक्षमा काठमाडौमा भएको प्रर्दशनमा सहभागी भएका छन ।

यसरी सरकार विरुद्धमै सत्तारुढ दलहरुको विरोध देखि प्रतिपक्षीहरुको प्रर्दशन र राजावादी पक्षहरुको वढदो विरोध प्रर्दश्नहरुले देशको राजनितीलाई मुुठभेड तर्फ धकेलेको देखिन्छ । त्यसमा पनि आउदो १५ गते एकै दिन काठमाडौमा गणतन्त्रको पक्षमा समाजवादी मोर्चा र राजसंस्थाको पक्षमा राजावादी मोर्चाहरु प्रर्दशन गर्ने घोषणा गरेका छन ।

शाक्यले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको पदभार ग्रहण गरे

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार ग्रहण गरेका छन्। मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा पुगेर उनले पदभार सम्हालेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै उनको नियुक्ति प्रमाणित भएर आएपछि नियुक्तिपत्र लिएका थिए ।

 

 

 

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन सुरु भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासका क्षेत्रमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट माथिको डाँडाआसपास क्षेत्रमा दुईवटा र लोमान्थाङ बजारमाथिको क्षेत्रमा एउटा क्यामेरा अनुगमनका निम्ति जडान गरिएको छ ।

तीन स्थानमा हिउँ चितुवाको वर्तमान स्थिति र अवस्था पत्ता लगाउने र कुन–कुन स्थानमा कतिको सङ्ख्यामा हिउँ चितुवा छन्भने एकीन गर्न कार्यालयले क्यामेरा ट्यापिङबाट अनुगमन थालेको हो । हिउँ चितुवाले बर्सेनि दुःख दिइरहेको गुनासो आइरहेकाले चितुवाको संरक्षण गर्दै स्थानीयको पशुधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्नेगरी क्यामेरा ट्यापिङ गरी अनुगमन गरेको हो ।

एक्याप लोमान्थाङले हिउँ चितुवा अनुगमनका लागि गत हप्ता मुस्ताङको एक्याप लोमान्थाङ प्रमुख पौडेलले संरक्षित हिउँ चितुवा र अन्य वन्यजन्तुको संरक्षण गर्ने दायित्व एक्यापको भएकाले यसका लागि मानव र स्थानीयको पशुधनको रक्षाका लागि अध्ययन सुरु गरेको उल्लेख गरे । पारस्थितिक प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउने हिमालकी रानी हिउँ चितुवा यहाँको धार्मिक, सांस्कृतिक र जैविक सम्पत्ति भएको र स्थानीयले सदियौँदेखि अपनाउँदै आइरहेको पशुपालन व्यवसायलाई एकैसाथ अघि बढाउन दिगो रुपमा हिउँचितुवा व्यवस्थापनका नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बेला आएको उनले बताए ।

यसअघि एक्यापले घरपझोङ गाउँपालिका र वारागुङ क्षेत्रका यारुझो भ्युटावर, नमुखलेक, वारागुङ मुक्तिक्षेत्रको साङ्ता, तिरी र कागबेनीका साथै उपल्लो मुस्ताङमा ३१ वटा क्यामेरा जडान हिउँ चितुवाको अनुगमन एवं सर्वेक्षण गरेको थियो ।

मुस्ताङमा हिउँ चितुवाका गतिविधि समीक्षा गर्ने तथा जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, यो दुर्लव जीवको आहारा एवं आनीबानीको विज्ञहरुले विश्लेषण गर्ने जनाएको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घाँस अभाव हुँदा हिउँ चितुवाको आहारा नाउर वस्ती र पाखोमा झर्न थालेका छन् । हिउँ चितुवा आहार नाउरलाई पछ्याउदै मानवबस्तीसम्म पुग्ने गरेका विज्ञहरुले बताएका छन् ।

 

 

बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर गोठ जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन्। नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो।

दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए। खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो नियन्त्रणमा लिन मुस्किल परेको सशस्त्र प्रहरी उपरीक्षक चन्दले बताउनुभयो। उहाँले आगलागीका कारण २५ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, जिन्सी शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा र विपत शाखा प्रमुख भरत महतो सहितको टोलीले घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता गरेको छ।

विभिन्न निकायसँगको समन्वयमा आगलागी पीडितका लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताउनुभयो।

यसैबीच गाउँपालिकाका अध्यक्ष शाहले यो मौसम हावा हुरीको भएकोले आगलागीको सभावना अत्यधिक रहेको हुँदा सचेत रहन नरैनापुरवासीसँग अपील गर्नुभएको छ। हरेक वर्ष हावाहुरीको मौसममा नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घट्ना हुने गरेका छन्।

 

 

हेटौँडा सिमेन्ट उद्योगको पुनः उत्पादन चैतको तेस्रो सातादेखि

लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णले बताए । ‘उद्योगको मेसिन पुरानो र बिग्रिसकेकाले त्यसलाई मर्मत सम्भार गर्न केही समय लाग्यो’, निमित्त महाप्रबन्धक कर्णले भने, ‘स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ मेसिन जडान गर्नपुर्ने देखिन्छ तर आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नदेखिएपछि मर्मत गराएका छौँ।’

यसबाट तत्काल सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ । उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको छ । ‘अहिले हामीसँग करिब एक सय टन कोइला छ’, निमित्त महाप्रबन्धक कर्णले भने, ‘अरु कोइला भोलिदेखि आउने भएको छ, त्यसैले कच्चा पदार्थको खासै समस्या हुँदैन ।’ कोइलाको पुरानो भुक्तानी हुन नसकेकाले कम्पनीसँग कुराकानी गरी उद्योग सञ्चालन गर्न कोइला पठाउन तयार भएको उनले बताए ।

उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए । ‘उद्योग चलाउन नियमित विद्युत् चाहिन्छ, त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी भएको छ’, उनले भने, ‘प्राधिकरणले नियमित विद्युत् दिने प्रतिबद्धता जनाएको छ, अब त्यो समस्या नरहला।’

उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् ।

विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायतका कारण उद्योग बन्द भएको थियो ।

एक पछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेश्रो साताबाट पुनःसिमेन्ट उत्पादन सुरु गरेपनि मेसिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेदेखि उद्योग बन्द भएको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योग आर्थिक समस्यालगायतका कारण थलिएको छ।

भारतीय सेनाको आखा शिविरमा १७ पुर्व नेपाली सेना र तीनको परिवारको निशुल्क उपचार

भारतीय सेनाले गएको गएको विहिवार देखि सोमवार सम्म पश्चिम बंगालको बागडोगरामा आयोजना गरेको आखा शिविरमा नेपालको १७ पुर्वसैनिक र तीनको परिवारका अन्य सदस्यहरु सहित २९ नेपालीको निशुल्क उपचार गरिएको छ । पश्चिम बंगालको बागडोगरामा स्थित बेस अस्पतालमा अत्याधुनिक नेत्र शल्य चिकित्सा शिविर को आयोजन गरिएको थियो । जसमा भूतपूर्व सैनिकहरुलाई अत्याधुनिक चिकित्सा सेवा प्रदान गरिएको थियो । जसमा भारतका १७५२ भूतपूर्व सैनिक र उनको परिवारहरुको मोतियाबिंद सहित विभिन्न आखा रोगहरुको उपचार गरिएका थियो ।

आर्मी हॉस्पिटल (रिसर्च एंड रेफरल), नई दिल्ली, बेस हॉस्पिटल, दिल्ली कैंट कमांड हॉस्पिटल, लखनऊको विशेषज्ञ चिकित्सकहरुको टीमले पांच दिने उक्त शिविर संचालन गरेका थिए । जसमा सबै भन्दा वढी मोतियाबिंदको अपरेशन गरिएको छ ।

शिविरमा सब भन्दा वढी आकर्षण नेपालवाट गएका आखा रोगीहरु पनि थिए । नेपालाट १७ भूतपूर्व सैनिक र उनको आश्रितों परिवारका आखा रोगीहरु थिए । जसको उपचारहरुको गर्नुको साथै निशुल्क मोतियाबिंद अपरेशन गरिएका छ ।

जसको पहलकदमी आर्मी हॉस्पिटल (रिसर्च एंड रेफरल), नई दिल्ली को आखा रोग विभाग प्रमुख र आखा शल्य चिकित्सक ब्रिगेडियर संजय कुमार मिश्राले गरेका थिए । ब्रिगेडियर मिश्राले एक लाख भन्दा वढी सफल मोतियाबिंद, विट्रोरेटिनल, अपवर्तक र ग्लूकोमा सर्जरी अहिले सम्म गरिसकेका छन ।

 

 

‘नेपालको आर्थिक वृद्धि निकै पछाडि’

नेपालको आर्थिक वृद्धि दक्षिण एसियाली मुलुकमध्येमै पनि निकै पछाडि रहेको पाइएको छ । विश्व बैङ्कले सोमबार सार्वजनिक गरेको ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य- नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर’ विषयक प्रतिवेदनले केही सुधार भए पनि नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछाडि रहेको उल्लेख गरेको हो ।

प्रत्येक पाँच वर्षमा सार्वजनिक गरिने उक्त प्रतिवेदनले सन् १९९६ देखि सन् २०२३ को अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२ प्रतिशतले मात्र वृद्धि भएको देखाएको छ । यस्तो वृद्धि दक्षिण एसियाका आठ राष्ट्रमध्ये छैटौँ स्थानमा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्व जस्ता संरचनागत चुनौतीले नेपालको अर्थतन्त्रलाई पछाडि धकेल्नुका साथै गैरकृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको पनि प्रतिवेदनमा जनाइएको छ ।

आन्तरिक रोजगारीका अवसर सीमित हुँदा युवा श्रमिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको प्रतिवेदनको ठहर छ । यसका लागि नेपालले आन्तरिक अवसरहरूलाई खुला गर्ने नीतिगत कदमलाई प्राथमिकता दिनुपर्ने सुझाव विश्व बैङ्कले दिएको छ ।

प्रतिवेदनले समीक्षा अवधिमा नेपालले चरम गरिबी लगभग निवारण गरेर उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गरेको छ । यसमा विप्रेषणको सबैभन्दा ठुलो भूमिका देखाइएको छ ।

“गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय छ तर मुलुकको आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन,” नेपाल, मल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैङ्कका विभागीय राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भन्नुभयो । आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युत्को कुशलतापूर्ण उपयोग गर्ने र डिजिटलीकरणलाई प्रवर्धन गर्ने जस्ता सुधारमार्फत नेपालले आर्थिक वृद्धि हासिल गर्न सक्ने प्रशस्त सम्भावना भने रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले सरकार दिगो आर्थिक वृद्धिका लागि अनुकूल नीतिगत वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

“१६ औँ योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोण प्रस्तुत गरेको छ,” उहाँले भन्नुभयो, “यसले उत्पादकत्व र प्रतिस्पर्धी क्षमता विकास, मर्यादित तथा फलदायी रोजगारी, सामाजिक सुरक्षा, तथा अल्पविकसित राष्ट्रबाट सहज स्तरोन्नति सुनिश्चित गर्ने प्राथमिकता राखेको छ ।”

प्रतिवेदनले आर्थिक वृद्धिका लागि विभिन्न चार वटा क्षेत्रमा सुधारको सिफारिस पनि गरेको छ । जस अन्तर्गत व्यवस्थित र समावेशी रूपमा संस्थागत आप्रवासन प्रणालीले आप्रवासनबाट थप लाभ हासिल गर्न सहयोग गर्ने उल्लेख छ । दीर्घकालीन सिप विकास र श्रम गन्तव्य विविधीकरणलाई ध्यानमा राख्दै सिपयुक्त श्रमिकहरूको प्रवासन लागत घटाउने र लाभ एवं सुरक्षा बढाउनेतर्फ नीतिहरू केन्द्रित हुनुपर्ने सुझाव पनि विश्व बैङ्कले दिएको छ । त्यस्तै मुख्य क्षेत्रहरूमा बजार प्रतिस्पर्धा सुधार तथा पूर्वाधारको न्यूनतालाई सम्बोधन गरेर निर्यात बढाउन सकिने सम्भावना विश्व बैङ्कले देखाएको छ ।

जलविद्युत् विकासका लागि स्पष्ट वित्तीय रणनीति निर्माण गरी आवश्यक लगानी आकर्षित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । यस रणनीति अन्तर्गत स्थानीय बचतपत्र ९बन्ड० बजारको विकास तथा ठुला सार्वजनिक–निजी साझेदारी (पिपिपी) का ठुला परियोजनाका लागि प्रभावकारी ढाँचा निर्माण आवश्यक रहेको विश्व बैङ्कले देखाएको छ ।

त्यस्तै नेपालको डिजिटल क्षेत्रमा तीव्र सुधार ल्याउन दूरसञ्चार ऐन परिमार्जन गर्नुका साथै डिजिटल रणनीति अवलम्बन र डिजिटल पूर्वाधारको विकासले यस क्षेत्रको विकासलाई विस्तार गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

 

लौका बेचर मासिक ४० हजार आम्दानी

इलाम । जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बन्नुभएको छ ।

भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिनुहुन्छ । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उहाँको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उहाँले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राख्नुभयो ।

भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताउनुभयो । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

बारीमा अधिकांश समय लौका हुने उहाँको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु १७० बिक्री जनाउँदै उहाँले अहिले भने रु ५० मा बिक्री हुने बताउनुभयो ।

उहाँले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्नुहुन्छ । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उहाँ दैनिकजसो जाने गर्नुहुन्छ ।

भण्डारीले मासिक रु ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु १५ लाख तिरिसक्न लागेको उहाँले उल्लेख गर्नुभयो ।

लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताउनुभयो । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उहाँले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उहाँले बजार लगेर बिक्री गर्नुहुन्छ ।

“दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले भन्नुभयो ।

उहाँका श्रीमान् भुपूप्रहरी हुनुहुन्छ । श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गर्नुभएको भण्डारीको भनाइ छ । “बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ”, उहाँले भन्नुभयो ।

भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताउनुभयो । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

दीपज्योति कृषि फार्म सञ्चालन गर्नुभएकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाउनुभयो । कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उहाँले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिनुभयो ।

आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताउनुभयो । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उहाँको भनाइ छ ।

एउटै लौकाको पाँच हजार

भण्डारीले एउटै लौकाबाट रु पाँचदेखि रु सात हजारसम्म आम्दानी गरेको जानकारी दिनुभयो । लौका तरकारीका रूपमा बेच्दा रु दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उहाँले बताउनुभयो । रु ५० को तीन वटा बीउ घरबाट बिक्री हुने उहाँले जानकारी दिनुभयो ।

“ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ”, भण्डारीले भन्नुभयो ।

 

कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध

नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय संगै सरकारको चौतर्फी विरोध भइरहेको छ । उक्त निर्णयको सत्ता घटक नेपाली कांग्रेसका नेताहरुले नै विरोध जनाएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै अन्य नेताहरुले घिसिङलाई हटाउने निर्णयमा असन्तुष्टि जनाएका छन् । महामन्त्री थापाले निर्णय सरासर गलत भएको भन्दै सरकारले आफूहरुलाई ढाँट्ने काम गरेको बताए ।

उनले नागरिकको असन्तुष्टि हटाउने काम गर्नुपर्ने बेला जानीजानी सरकारबाट यस्तो काम गरिएको टिप्पणी गरेका छन् । हात हाल्नै नपर्ने ठाउँमा हात हालेर सरकारले जबर्जस्ती समस्या सिर्जना गरेको पनि उनको थापाको भनाइ छ ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर सरकारले गलत कदम चालेको बताएका छन् । सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले कुलमानलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको दाबी गरेका छन् ।

सरकारले गरेका राम्रा काम पनि छायामा पार्ने गरी सरकारले कुलमानलाई हटाएको महामन्त्री शर्माको भनाइ छ । कांग्रेस नेता शेखर कोइरालाले सरकारको यो निर्णयको कांग्रेसले स्वामित्व लिन नहुने बताएका छन् ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घिसिङलाई हटाउने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सामाजिक सञ्जालबाट सरकारको उक्त कदमको कडा आलोचना गरेका हुन् ।

देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफ्नो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको दाहालले उल्लेख गरेका छन् । कुलमानले बक्यौता पैसा उठाउनुपर्छ भनेकै कारण सरकारले पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि अध्यक्ष दाहालले उल्लेख गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले पनि कुलमानलाई हटाएर सरकारले जनताको आक्रोश बढाउने काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले पनि कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध गरेका छन् । सरकारको निर्णयको नागरिक समाजबाटसमेत सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

यस अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले घिसिङलाई २०७८ साउन २५ मा दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सरकारले हटाएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अदालत जाने तयारी गरेका छन् । पदबाट हटाइएको पत्र पाएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने उनले बताएका हुन् ।

मन्त्रिपरिषद् र मन्त्रालयले सोधेका स्पष्टीकरण र प्रश्नहरूको ६ पटकसम्म जवाफ दिएको दावी घिसिङले गरेका छन् । मन्त्रीले सोधेको स्पष्टीकरणको ६ पटक जवाफ दिएको उनको भनाइ छ । उनले आफ्ना कुरा पत्रकार सम्मेलन मार्फत राख्ने पनि बताएका छन् ।

विरोध प्रदर्शन
सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पस अगाडिबाट विरोध प्रदर्शन सुरु गरेका छन । उनीहरुले प्रधानमन्त्री सहित उर्जामन्त्रीको पुतला समेत जलाएका छन ।

 

 

 

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने विद्यालय भवनको दैलेखमा शिलान्यास

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने विद्यालय भवनको शिलान्यास आज दैलेख जिल्लामा गरिएको छ । दैलेख जिल्लाको दुल्लू नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास आज कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दैलेख जिल्लाको दुल्लू नगरपालिकाका मेयर भरत प्रसाद रिजालले संयुक्त रूपमा गरेका छन ।

शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधिहरु, सरकारी अधिकारीहरु, सामाजिक कार्यकर्ताहरू तथा विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु। ३.९ करोड परियोजना लागतमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माण हुन गईरहेको छ ।भारत सरकारको अनुदान सहयोमा बन्ने यो विद्यालय भवन साढे तीन तल्लेको हुनेछ जसमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य सम्बद्ध सुविधाहरू समावेश हुनेछन् । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा राखिएको छ । परियोजना दैलेखको दुल्लू नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।

कर्णाली प्रदेश सरकारका माननीय मन्त्री, दैलेखको दुल्लू नगरपालिका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरेका छन । उनीहरूले निर्माण हुने पूर्वाधारले विद्यालयका विद्यार्थीहरू र स्थानीय समुदायलाई दुल्लू राज्यको इतिहास र संस्कृतिको बारेमा बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको कर्णाली प्रदेशमा शिक्षा र संस्कृति क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये १५ वटा परियोजनाहरू कर्णाली प्रदेशमा रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये कर्णाली प्रदेशमा ५० वटा एम्बुलेन्स र ८ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ ।