Page 135 – Nepalboli

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार पार्टी एकता घोषणा हुँदै

७०० सदस्यीय केन्द्रीय समिति, ५० पदाधिकारी हुने

०७९ को निर्वाचनबाट उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार पार्टी एकता घोषणा हुँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे एकता घोषणा गर्न लागिएको हो । पार्टीको नाम नागरिक जनमत रहनेछ । पार्टीको संरक्षकमा रेशमलाल चौधरी रहनेछन् । पार्टी अध्यक्ष सीके राउत र रञ्जिता चौधरी सह–अध्यक्ष रहनेछन् ।

नाउपाका नेताका अनुसार ७०० सदस्यीय केन्द्रीय समिति बन्नेछ । दुवै पार्टीबाट समान ३५० जना केन्द्रीय सदस्य छानिनेछन् । पदाधिकारी भने टुंगिन बाँकी छ ।

उनका अनुसार, पार्टीका पदाधिकारी ५० सदस्यीय रहनेछ । दुवै पार्टीका २५–२५ जना पदाधिकारी रहनेछन् । ०७९ को निर्वाचनबाट सदनमा अस्थित्व बनाएका यी दुई मिल्दा १० सदस्यीय हुनेछन् ।

 

 

पहलगाम आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन

भारत जम्मुकाश्मिरको पहलगाम भएको आक्रमणविरुद्ध मंगलबार जनकपुरमा प्रदर्शन गरिएको छ । सहिद संजय चौधरी स्मृति प्रतिष्ठान र नेपाल–भारत खुला सीमा संवाद समूहले जनकपुरमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

वैशाख ९ गते पहलगाममा भएको आतकंकारी आक्रमणमा परेर एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो ।

पहलगाममा भएको आक्रमण निन्दनीय छ, यसले विश्वका हिन्दुमाथि प्रहार गरेको भन्दै प्रतिष्ठानका संरक्षक संजय यादवले आतंकवादीहरुले नाम र जात सोधेर हत्या गरेका छन्, हिन्दुलाई छानीछानी मारेको कारण धार्मिक हिंसा भड्काउन चाहेको बताए ।

भारतको यस दुखको घडीमा नेपाल साथ उभिएको छ, नेपाली जनताले पनि भारतको साथमा रहेको बताउदै उनले यसमा एक जना नेपालीको पनि ज्यान गएको भारतले उसको परिवारलाई सम्मान दिएको र अगामी दिनमा पनि सम्मान दिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए । पहलगाममा भएको आक्रमण पाकिस्तानले गराएको भारतको दावी छ । जसलाई लिएर पाकिस्तानको विश्वभरीवाट विरोध भईरहेको छ । नेपालमा जसको विरोधमा पछिल्लो समयमा लागातार प्रर्दशनहरु भईरहेको छ ।

विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक

सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था चिन्ताजनक रहेको विश्व मानव अधिकार प्रतिवेदनले देखाएको छ। एम्नेस्टी इन्टरनेसनलले आज सार्वजनिक गरेको ‘सन् २०२४ को विश्व मानवअधिकार अवस्था’ नामक प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था चिन्ताजनक भएको देखाएको हो।

प्रतिवेदनमा सम्पूर्ण मानव जगतलाई अधिनायकवादी अभ्यास र कर्पोरेट जगतको लालच अन्तघुलित भएको एउटा क्रुर नयाँ युगतर्फ धकेल्दै गएको उल्लेख गरिएको छ। एम्नेस्टीले १५० देशको मानव अधिकार अवस्थामा अवलोकन गरी तयार पारिएको प्रतिवेदनमा विश्वव्यापीरूपमा नै मानवअधिकार सङ्कट पैदा हुने जनाएको छ। प्रतिवेदनले विश्वभरी भइरहेको अधिनायकवादी अभ्यासले विमतिप्रति निर्मम दमन भएको उल्लेख गरेको छ।

प्रतिवेदनले जलवायु सङ्कटलाई सम्बोधन गर्न, बढ्दो असमानतालाई उल्ट्याउन र कर्पोरेट शक्तिलाई नियन्त्रण गर्नमा भएको सामूहिक विफलताका कारण विश्वले भावी पुस्तालाई सदाभन्दा झन कठोरतातर्फ धकेलिरहेको प्रमाण प्रस्तुत गरेको छ।

नयाँ प्रविधिलाई पर्याप्त रूपमा नियमन गर्न विफल भएर, निगरानी उपकरणको दुरूपयोग गरेर र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगमार्फत विभेद् र असमानताको जरालाई अझ गहिराइमा पुर्‍याएर सरकारले वर्तमान र भावी पुस्तालाई थप हानी पुर्‍याइरहेको प्रतिवेदनमा उल्लेख छ।

मानव अधिकार खोस्न खोज्ने शक्ति र नाफाखोर लापरवाह राज्यसत्ताको विरूद्ध प्रतिरोध गर्नैपर्ने र विशाल र अवचलित आन्दोलन यस धर्तीका सबै मानिसको अन्तर्निहित मर्यादा र मानव अधिकारप्रतिको साझा विश्वासमा सदासर्वदा एकताबद्ध रहने एम्नेस्टीले जनाएको छ।

एम्नेस्टीले एसिया–प्रशान्त क्षेत्रको सिंहावलोकन गर्दा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख गरेको छ। प्रतिवेदनमा राजनीतिक अस्थिरताले मानवअधिकारको अवस्थामा योगदान पुर्‍याएको सबैभन्दा धेरै जोखिममा मानव अधिकार रक्षक र अभियन्ता रहेको देखाएको छ।

अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचित लगाउने, भेला हुने र सङ्घरसङ्घठनको प्रदर्शनमाथि दमन, जलवायु परिर्वतनले थप विषाक्त वायु प्रदूषणको मारमा परेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा एम्नेस्टी इन्टरनेसनलका अध्यक्ष विपिन बुढाथोकी र प्रयन्त नेपालका अध्यक्ष सरिता लामिछानेले संयुक्तरूपमा उक्त प्रतिवेदनको सार्वजनिक गर्नुभएको थियो। उहाँहरूले नेपालमा पनि मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्नुभयो।

एम्नेस्टी इन्टरनेसनलले निर्देशक निराजन थपलियाले प्रस्तुत गर्नुभएको उक्त विश्व मानव अधिवकार प्रतिवेदनमा सन् २०२४ मा ३०० पत्रकार मारिएको र त्यसमध्ये प्यालेस्टेनी पत्रकार १०० रहेको उल्लेख छ। “सन् २०२४ मा विश्वभरि नै मानव अधिकारको अवस्था चिन्ताजनक रह्यो”–निर्देशक थपलियाले भन्नुभयो।

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२-०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सभापति देउवाले आव ०८२-०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै सरकारले व्यापार गर्ने नभएको जानकारी दिनुभयो । उहाँले व्यापार व्यवसाय निजी क्षेत्रबाटै हुनुपर्ने कांग्रेसको मान्यता रहेको बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार उद्योग गर्ने होइन । त्यसकारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रहेको छ । मलाई विश्वास छ । आर्थिक वर्ष ०८२-०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउनेछ भन्ने मैले विश्वास लिएको छु ।’’ सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने बताउनुभयो ।

 

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबिच सोमबार भेटवार्ता भएको छ । प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुग्नुभएका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा उहाँहरूबिच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विशेषगरी दुई देशबिचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पुर्‍याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो ।

भेटमा अध्यक्ष भट्टराईले भारतको कश्मीर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गर्नुभएको थियो ।

 

जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने भएको छ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले सुनसरीकोे धरानमा आयोजना गर्न लागेको ‘कोशी नाम र केबलबकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’ को उद्देश्य पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने र पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाङ्कन गर्ने रहेको बताएका छन् ।

सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको रक्षार्थ सङ्घर्षको थालनीको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता र सह–अध्यक्ष रकम चेम्जोङको अध्यक्षता रहने गरी उक्त विचार गोष्ठी गर्न लागिएको बस्नेतल बताए ।

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, पिछडा वर्ग, अल्पसंख्यक, पछाडि परेका र पारिएका जाति÷समुदाय र क्षेत्रका जनताको हक, अधिकार सुनिश्चित गर्न तथा विद्यमान सबै किसिमका असमानता, अन्याय, शोषण, उत्पीडन र विभेदको अन्त्यका लागि जसपा नेपालले साङ्गठनिक गतिविधि, अन्तरक्रिया तथा सङ्घर्षका विभिन्न कार्यक्रम गर्ने गरेको उनले बताए ।

नेता रकम चेम्जोङको संयोजकत्वमा गठित आन्दोलन परिचालन तथा समन्वय समितिको आयोजनामा आगामी बैशाख २० गते उक्त गोष्ठी गर्न लागिएको बताइएको छ ।

मेघगर्जन चट्याङसहित वर्षा सम्भावना

जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जनाएको छ ।

अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज राति देशभर हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, मंगलबार र बुधबार देशको सातै प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

५२ करोडभन्दा बढी भ्रष्टाचारको अभियोगसहित मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको स्वास्थ्यसँग सम्बन्धित निकायले विभिन्न शीर्षकमा करिब ५२ करोड भन्दा बढी भ्रष्टाचार गरेको बिगो दाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ । आयोगले विभिन्न अधिकारीविरुद्ध ६ करोड पाँच पाँच सय, २१ करोड ८९ लाख ७६० र पाँच करोड एक लाख ९० हजार बिगो दाबी गरिएको छ । यसैगरी, अर्को मुद्दामा १९ करोड ४६ लाख १३ हजार १२० पनि पनि दायर गरिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवण कुमार मिश्र, सेभेन हिल्स प्रालिका सञ्चालक अनिल शाह समेत ८ जना र सेभेन हिल्स प्रालि उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

आयोगले प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवण कुमार मिश्र र वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साहविरुद्ध जनही ६ करोड पाँच लाख ११ हजार बिगो माग दाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ ।

यसैगरी, आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, तत्कालीन निर्देशक डा श्रवण कुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसमेत १५ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

यस्तै, मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित समेत १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।

 

आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने

निजी मेडिकल कलेजका सञ्चालकहरु आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने भएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १९ औं बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सक ४८ हजार ७३७ निर्वाह भत्ता पाउने निर्णय गरेको हो । उक्त बैठकलले आवासीय चिकित्सक आन्दोलन फिर्ता गरी आफ्नो काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ ।

आयोगको माघ २५ गते बसेको १६ औं बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई ध्यानमा राखेर स्नातक एमबिबिएस र बिडिएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवदन स्वीकार गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीसमक्ष कार्यदलका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेले प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिवेदनले चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाबमोजिम प्राविधिक समिति गठन गरी स्तर र मापदण्ड निर्धारणका अधारमा सिट सङ्ख्या र शुल्क पुनरावलोकनका लागि बाटो खुलेको छ । सोका लागि ऐनबमोजिम आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका प्रा डा सुजनबाबुु मरहट्टाको संयोजकत्वमा प्राविधिक समिति गठन भएको ।

समितिमा विज्ञका तर्फबाट प्रा। डा। दिव्यासिंह शाह, वरिष्ठ चार्टर एकाउन्टेन्ट महेश गरागाई निजी मेडिकल कलेजका तर्फबाट चार्टर एकाउन्टेन्ट सन्तोष खनाल, शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका उपसचिवहरु रहनेछन् ।

एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले स्रोतको सुनिश्चितता नभएकाले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन आनाकानी गरेपछि प्रधानमन्त्री ओलीको अग्रसरतामा यसबिचमा आयोगका तीन वटा बैठक बसी समाधान निकालिएको हो ।

निर्वाह भत्ता सरकारले तोकेको जति बनाउन माग गर्दै आवासीय चिकित्सक दिर्दै आएको सेवा बहिस्कार गरेर आन्दोलनमा उत्रिएका छन् ।

 

 

तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा

गएको जेठ १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन् ।तोडफोड, आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

१२ जनामाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको थियो । त्यसअघि पनि प्रहरीले आपराधिक उपद्रव कसुरमा २१ जना रिहा भएका थिए । यो सँगै हाजिर जमानीमा बस्नेको संख्या ३३ पुगेको हो ।

प्रहरीले आपराधिक उपद्रव कसुरमा पक्राउ परेकाहरूलाई बयान सकेर हाजिर जमानीमा छाडेको भएपनि राज्यविरूद्धको कसुरमा पक्राउ परेकाहरूलाई भने प्रहरीले रिहा गरेको छैन । राप्रपाका सांसद धवलशम्शेर राणालाई पनि राज्यविरूद्धको कसुरमा अनुसन्धान भएको थियो । स्वास्थ्य उपचारका लागि उनलाई पनि हाजिर जमानीमा राखिएको थियो। उनी भारतमा उपचार गरी नेपाल फर्किसकेका छन् । रविन्द्र मिश्र, दुर्गा प्रसाईं उनका अंगरक्षक दीपक खड्का, सहित २५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।