सरकारले सहजीकरण गरे ५ वर्षमै १० हजार मेगावाट बिजुली उत्पादन गर्न सक्छौं- इप्पान – Nepalboli

सरकारले सहजीकरण गरे ५ वर्षमै १० हजार मेगावाट बिजुली उत्पादन गर्न सक्छौं- इप्पान

   २०८० पुष २३, सोमबार  

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान०ले निजी क्षेत्रलाई सरकारले सहजीकरण गरे ५ वर्षमै नेपालले १० हजार मेगावाट बिजुली उत्पादन गर्ने बताएको छ । इप्पान अध्यक्ष गणेश कार्कीले सरकारले सहजीकरण गरिदिएमा ५ वर्षमै १० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने बताएका हुन् । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण अवसरहरु सिर्जना भई थप ढोकाहरु खुल्दै जाने अध्यक्ष कार्कीको भनाई छ ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा विद्युत निर्यातको प्रारम्भिक समझदारीमा भएको पछिल्लो सम्झौता नेपालका लागि ऐतिहासिक महत्व रहेको इप्पानको ठम्याई छ ।

सम्झौतासँगै अब नेपाल विद्युत प्राधिकरणले रोकिराखेको विद्युत खरिद सम्झौता (पीपीए) पूर्णरुपमा खुल्ला हुनुपर्ने अध्यक्ष कार्कीले बताए । निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने, बैंक तथा वित्तिय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतहरु घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याहरुको समाधानका लागि सरकार थप सक्रिय हुनु पर्ने इप्पानको सुझाव छ ।

चालू आर्थिक वर्षमा मात्रै नेपालबाट १५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत भारत निर्यात भएकोमा यसमा निजी क्षेत्रले निर्माण गरेका जलाविद्युत आयोजनाको ठूलो हिस्सा रहेको थियो ।

भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा २०८० पुस १९ गते भारतसँग भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताबाट पनि नेपालको निजी क्षेत्रले ठूलो लाभ लिन सक्ने इप्पानको विश्वास छ ।

 

 

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै