रास्वपा सभापति रवि लामिछाने आज देखि कतार भ्रमणमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार कतारतर्फ प्रस्थान गरेका छन । उनी बिहान साढे ९ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ लागेका हुन्।लामिछाने पार्टीको संगठन विस्तारको सिलसिलामा कतार गएको बताइएको छ। उनले दुई दिनको कतार बसाइको क्रममा संगठन निर्माण र विस्तारका लागि त्यहाँ रहेका नेपालीहरुसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
दुई दिनको कतार बसाइपछि लामिछानले त्यहीँबाट बेलायत जाने बताइएको छ। बेलायतमा पनि उनले त्यहाँ रहेका नेपालीहरुसँग अन्तर संवाद र अन्तर्क्रिया गर्ने कार्यक्रम छ।
पछिल्लो समय रास्वपाले संगठन विस्तारलाई तीव्रता दिएको छ। यही क्रममा लामिछानेले देश तथा विदेश दौडाहा गरिरहेका छन्। उनी केही दिनअघि मात्र मलेसिया पुगेर फर्किएका थिए।