प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्रीबीच शिष्टाचार भेट – Nepalboli

प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्रीबीच शिष्टाचार भेट

   २०८० मंसिर ८, शुक्रबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ । नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आएका अल मुखैरीले शुक्रवार प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारमा भेट गरका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध बिस्तारबारे छलफल भएको छ ।

साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै