देशभरका पेट्रोल पम्पहरुद्धारा पेट्रोल बिक्रीमा रोक
सोमवार देशभरका पेट्रोल पम्पहरु बिक्रि वितरणमा रोक लगाएका छन । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने गरेको निर्णय विना जानकारी आएको भन्दै पेट्रोल पम्पहरु बिकि वितरणमा रोक लगाएका छन । निगमले डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो ।
तर, काठमाडौं उपत्यकाकासहित देशैभरका पम्पहरूले आफूहरूलाई ‘जानकारी नै नदिई’ एक्कासी मूल्य घटाएको भन्दै निगमलाई दबाब दिन पेट्रोल बिक्री रोकेका हुन् ।
देशभरका १६ सय पेट्रोल पम्प सञ्चालक व्यवसायीहरूको छाता संगठन एसोशिएसनका अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता लिलेन्द्र प्रधानले पेट्रोलको बिक्री नरोकेको दाबी गरे ।
‘आयल निगमले मूल्य घटाएको विषयलाई लिएर इन्धनको बिक्री रोक्ने भन्ने हुँदैन,’ अध्यक्ष प्रधानले भने,‘दुई दिन सरकारी बिदा भएका कारण सोमबार केही पम्पको तेल सकिएर यस्तो भएको हुनसक्छ ।’