वाणिज्य विभागको अनुगमनपछि ८ पसल कारबाहीमा – Nepalboli

वाणिज्य विभागको अनुगमनपछि ८ पसल कारबाहीमा

   २०८० आश्विन २७, शनिबार  

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार बजार अनुगमन गर्दा ८ वटा विभिन्न पसल कारबाहीमा परेका छन् । कारबाहीस्वरूप ती पसललाई ३ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना गरिएको छ । यस्तै, दुईवटा पसलसँग थप कागजात माग गरिएको छ भने ११ वटा पसललाई सामान्य निर्देशन दिइएको छ ।

आसन्न चाडपर्वमा खाद्य र गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने केही व्यवसायी फर्म, कम्पनी, व्यक्तिको कारोबार स्थल, उत्पादन स्थल र गोदाम स्थलमा निगरानी तथा अनुगमनका लागि परिचालित बजार निरीक्षण अधिकृतहरूले २१ वटा पसलमा अनुगमन सो मात्रामा कारबाहीमा परेका हुन् ।

बजार अनुगमनका क्रममा बौद्ध, कपन, पेप्सिकोला, थापा गाउँ, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका, ललितपुरको कुपन्डोल र चाकुपाटमा रहेको पसलमा अनुगमन गरी सो जरिवाना गरिएको छ । उनीहरूलाई पनि बिलबिजक नराखिएको, अखाद्य वस्तु बिक्री गरेकोआरोपमा जरिवाना गरिएको हो ।

मध्यपुर ठिमी, चाकुपाट लगायतका अन्य स्थानमा बजार अनुगमनका क्रममा पसलहरूलाई सामान्य निर्देशन दिइएको छ ।

दसैँ तिहार जस्ता चाडपर्वका बेला कृत्रिम अभाव, कालोबजारी र मूल्य नियन्त्रण रोक्नका लागि सार्वजनिक बिदाका दिनमा समेत विभागले बजार अनुगमनको कामलाई तीव्रता दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै