गण्डकीमा काग्रेस-माओवादी गठबन्धनले बनाउन सकेन नयां सरकार – Nepalboli

गण्डकीमा काग्रेस-माओवादी गठबन्धनले बनाउन सकेन नयां सरकार

   २८ बैशाख २०७८, मंगलवार  

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनका लागि समर्थन गर्न अस्वीकार गरे विपक्षी गठबन्धन काग्रेस-माओवादीले नयां सरकार बनाउन सकेको छैन । मुख्यमन्त्री पथ्वीसब्बा गुुरुडले राजिनामा गरे पछि प्रदेश प्रमुखले विपक्षी गठवन्धनलाई बहुुमतको सरकार बनाउन तीन दिनको समय दिएका थियो ।
विपक्षी गठबन्धनले नयां सरकार बनाउन नसके पछि पृथ्वी सुब्बा गुरुङ फेरि मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।

प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि अन्य दलले बहुमतसहित दावी गर्न नसकिरहेको अवस्थामा सरकारको नेतृत्व कायमै राख्ने अवसर पाउन सक्ने देखिएको हो ।

गण्डकीमा नयाँ सरकार बनाउनका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनमा काँग्रेसका १५, माओवादीका सभामुखसहित १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् । सभामुखले मतदान गर्न नपाउने भएकाले यो गठबन्धनमा २८ सांसद मात्र पुग्छन् ।

तीन सदस्य रहेको जनमोर्चाले समर्थन गरेमा विपक्षी गठबन्धनले सरकारको दावी गर्न सक्छ । तर जनमोर्चाका तीनमध्ये एक सांसदले हस्ताक्षर गर्न नमानेका कारण विपक्षी गठबन्धनले सरकारको दावी गर्न सकिरहेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै