राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन उम्मेदवारी दर्ता – Nepalboli

राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन उम्मेदवारी दर्ता

   २४ बैशाख २०७८, शुक्रबार  

वाग्मती प्रदेशका रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि एक स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामबहादुर थापा र स्वतन्त्र डा खिमलाल देवकोटाले मनोनयनपत्र दर्ता गराएका छन ।

स्वतन्त्र भनिएका डा देवकोटा माधव नेपाल समुहका छन । उनलाई काग्रेस, माओवादी केन्द्र र एमालेका नेपाल पक्षको समर्थन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै