खुस दिल्ली !
नई दिल्ली । जि-२० को सफल आयोजनले भारतको राजधानी दिल्ली उत्साहित देखिएका छन भने त्याहाका नागरिकहरु खुस छन । भारत सरकारको आयोजनामा गएको शनिवार र आइतवार दिल्लीमा जि-२० को १८ औ शिखर सम्मेलन सम्पन्न भएको छ । दिल्ली घोषणा पत्र जारी गर्दै र ब्राजिललाई अध्यक्षता दिदै दिल्लीको जि-२० सम्मेलन समापन भएको छ । यद्यपी यसको खुसीयाली दिल्ली सहित भारतमा कायमै देखिन्छ । शनिवार र आइतवारको जि-२० शिखर सम्मेलन पछि गएको सोमवार दिल्लीको लाल किल्लामा भेटिएका टेम्पु चालक प्रणय पाल औद्यी खुसीका साथ आफनो टेम्पु चलाउने काममा हतारिएको भेटिए । सम्मेलनका कारण अघिल्लो शुक्रवार देखि आइतवार सम्म दिल्लीको प्रमुख एरियाहरु बन्द गरिएको थियो भने आम नागरिकलाई घर मै बस्न भारत सरकारले सुरक्षा देष्टिकोणले आग्रह गरेका थिए । जसका कारण गएको सोमवार चार दिन पछि पाल आफनो टेम्पु लिएर रोजीरोटी गर्न बजारमा आएका थिए । तर उनले चार दिन घर मै थुनिएर रोजीरोटी गर्न नपाए पनि भारतले जि-२० शिखर सम्मेलन सफलता पुर्वक सम्पन्न गरेकोमा खुस थिए ।
हामीले त अव आफनो काम धन्दा गरेर जिवन धान्ने काम गर्ने नै छौ, उनले यो संवाददतासंगको संवादमा भने, तर भारतले यो सम्मेलन गरेर विश्व स्तरमै भारतको मान सम्मान वढाउन पाएको छ, यो खुसीको कुरा हो । उनलाई जि-२० शिखर सम्मेलनमा के भयो भन्ने थाहा छैन, तर दिल्लीमा अमेरिका, जपान सहितका प्रभावशाली देशका नेताहरु आएको र तीनीहरु सम्मेलनमा मार्फत याहा थप उद्योग कलकारखानाहरु लगाउन सहमती गरेको जानकारी छ ।
आफु समाचारहरु त्यती कहिल्यै नसुनिने गरेको भन्दै दिल्लीमा त्यतीका देशहरुको सहभागीतामा ठुलो सम्मेलन हुनु नै देशका लागी ठुलो कुरा भएको बताए ।
कतिपय आलनोचकहरुले भारत सरकारले तीन दिन सम्म आम नागरिक देखि वजारहरुमा पुर्ण बन्देज लगाउदा दैनिक आय गरेर गुजारा गर्नेहरुलाई सरकारले ध्यानमा नराखेको भन्दै आलोचना गरेको भए पनि दिल्लीमा जि-२० सम्मेलनले आम नागरिकको तहमा उत्साह थपिएको देखिन्छ । उनीहरुले सरकारद्धारा जि-२० सम्मेलनको सफल आयोजनले देशकै विश्वस्तरमा महत्व वढेको भारत विश्व शक्क्तिको रुपमा उदाएको भन्दै खुस देखिएका छन ।
गएको सोमवार नै ईन्डिया गेट निर भेटिएका विहारका सोनु यादवको भनाई पनि त्यस्तै छ । आफनो आफन्तको उपचारको लागी पछिल्लो एक महिना यता दिल्लीमा बसीरहेका सोनुले अस्पताल देखि वजार र नागरिकको मोहल्ला सम्म आफुहरुले जि -२० सम्मेलनले खुसी छाएको बताए । दिल्ली वा भारत भनौ याहाका आम नागरिले जि-२० सम्मेलनलाई उत्साहका साथ लिएको उनको भनाई छ । यो सम्मेलन भारतका लागी गौरवका विषय भएको पनि उनको तर्क छ ।
शनिवार र आइतवार दिल्लीको प्रगती मैदानमा रहेको भारत मण्डपमा जि-२० सम्मेलन सकिए पछि सोमवार देखि त्याहा आम नागरिकहरुको घुुईचो लागेको छ । मंगलवार साझ भारत मण्डप रहेको प्रगती मैदानको बाहिरी गेट निर सेल्फी लिईरहेका अनिता गिरी याहा जि-२० सम्मेलन भएकाले नै आफुहरु आज आएको बताए । विश्वका एक से एक शक्क्तिशाली नेताहरु याहा निर आएर सम्मेलनमा बसेका थिए, त्यही भएर याहा आएर एउटा फोटो खिच्न मन लागेको उनले बताए ।
दिल्लीमा सम्पन्न जि-२० सम्मेलनलाई भारतका विद्धान वर्गले एतिहासिक भनिरह्दा यसले आम नागगरिकको तहमा समेत उत्साह थपेको देखिन्छ । विश्वका प्रभावशाली २० देशको सहभागीमा रहेको जि-२० को फोरममा भारतकै पहलमा यो पटक अफ्रिकन युनियनलाई समेत नयां सदस्यको रुपमा भित्रियाइएको छ । साथै दिल्ली सम्मेलनले भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोरको घोषणा समेत गरेको छ । जसलाई जानकारहरुले दिल्ली सम्मेलनको महत्वपुर्ण सफलताको रुपमा लिएको छ ।
दिल्लीका आम नागरिकमा भारतको विश्व स्तरमै देशको कद वढेको र भारतमा अव विश्व शक्क्रि बन्न लागेको अभाष हुन थालेको देखिन्छ । जसले दिल्ली अहिले खुस देखिन्छन ।