गृहमन्त्रीको राजिनामा माग थप चर्काउदै कांग्रेस – Nepalboli

गृहमन्त्रीको राजिनामा माग थप चर्काउदै कांग्रेस

   २१ भाद्र २०८०, बिहीबार  

प्रधानमन्त्री पष्पकमल दहालसंग यस अघि नै गृहमन्त्री नारायण काजी श्रेष्ठलाई हटाउन माग र दबाब दिईरहेको नेपाली काग्रेसले अव यो मुद्धा चर्काउने भएको छ । पार्टीका सहमहामन्त्री महेन्द्र यादव माथी वुधवार संघातिक आक्रमण भए पछि नेपाली काग्रेस यस तर्फ अघि वढने संकेत गरेका छन ।

यस अघि नक्कली भुटानी शरणार्थी प्रकरण देखि नै गृहमन्त्रीको भुमिका प्रति असन्तुुष्ट रहेको काग्रेस पार्टीको सहमहामन्त्री माथी संघातिक आकमण भए पछि गृहमन्त्री प्रति थप रुष्ट भएको देखिन्छ । काग्रेस सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणर्थी प्रकरणको छानबिन अघि वढे संगै प्रधानमन्त्री संग गृहमन्त्रीको भुमिका प्रति प्रश्न उठाउदै आएका छन ।

बुधवार पार्टी सहमहामन्त्री यादव माथी आक्रमण भए काग्र्र्सको भातृ संगगठन तरुण दलले औपचारिक रुपमा गृहमन्त्रीको राजिनामा माग गर्दै आन्दोलनका घोषणा गरेका छन । प्रतिनिधीसभा बैठकमा काग्रेुसका महामन्त्री गगन थापाले गृहमन्त्री माथी प्रश्न तेर्साएका छन भने प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री संग जवाफ माग गरेका छन ।

यी घटनाक्रम हेर्दा नेपाली काग्रेस गृहमन्त्री श्रेष्ठको राजिनामा मागको मुद्धा थप चर्काउने देखिन्छ । बिहीबार सानेपास्थित पार्टी कार्यालयमा तरुण दलका केन्द्रीय सदस्यहरू भेला भएर आन्दोलनका कार्यक्रम नै घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअनुसार तरुण दलले शुक्रबार दिउँसो रत्नपार्क शान्ति बाटिकामा विरोध सभा र र्‍याली गर्नेछ । सानेपामा भेला भएका तरुण दलका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका छन् ।

यता बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय र शून्य समयमा कांग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।

‘सन्काहाले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिंदैछ । नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्’ महामन्त्री थापाले भने ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभाको अर्को बैठकमा घटनाको सत्यतथ्य सहितको विवरण लिएर आउन आग्रह गरेका छन ।

‘म गृहमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु – यसपछि बस्ने प्रतिनिधिसभाको बैठकमा यो घटनाको बारेमा सम्पूर्ण विवरण सहितको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरुको विवरण सदनमा प्रस्तुत गर्नुहुनेछ भन्ने नेपाली कांग्रेसको संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु’ प्रमुख सचेतक लेखकले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै