नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रश्न – हामी काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? – Nepalboli

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रश्न – हामी काठमाडौंमा एक्लै हिँड्न नहुने हो ?

   २०८० भाद्र २१, बिहीबार  

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको गहिरो अनुसन्धान हुनुपर्ने माग नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सार्वजनिक कार्यक्रमबाट निस्कने बित्तिकै खुकुरी प्रहार भएको घटनाको सबै पक्षबारे राम्ररी अनुसन्धान हुनुपर्ने माग गरेका हुन्।

कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण गर्ने कुरालाई जायज ठहर्‍याउन सक्छ ? कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने। उनले काठमाडौंमा एक्लै हिँड्न मिल्ने नमिल्नेबारे गृहमन्त्रीलाइ प्रश्न समेत गरे।

‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको होरु,’ उनले भने, ‘काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा उ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन?’

थापाले समाजको असन्तुष्टिलाई देखाएर समाजमा हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, घटना वा हिसांत्मक गतिविधिहरूलाई कुनै न कुनै तरिकाले प्रश्रय दिन नहुने बताए।

उनले असन्तुष्टीलाई सम्झाएर भन्दा असन्तुष्टलाई भजाएर अराजकता मच्चाउने पहलकदमी भइरहेको छनक देखिएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै