आज मन्त्रिपरिषद्को बैठक बस्दै – Nepalboli

आज मन्त्रिपरिषद्को बैठक बस्दै

   २०८० भाद्र २१, बिहीबार  

आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो।

‘मंगलबार बस्नुपर्ने नियमित बैठक आज बस्न लागेको हो’, उनले भने। उनका अनुसार मन्त्रिपरिषद्‌को बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।

आजको बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसद्मा पठाउने निर्णय गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै