नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण – Nepalboli

नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण

   २० भाद्र २०८०, बुधबार  

रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रियामा बुधवार सहभागी भएर फर्केनै लाग्दा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी हानेका हुन् । प्रहरीले उनलाई पक्राउ गरेका छन । सापकोटा नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई बालाजु बस्ने गर्छन । उनलाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएका छन ।

टाउकोमा पछाडिको भागमा गहिरो चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको तर अब्जरभेसनका लागि आईसीयूमा राखिएको ट्रमा सेन्टरले जनाएको छ । उनको अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोईराला सहितका नेताहरु अस्पताल पुगेर उनको अवस्था वारेमा जानकारी लिएका छन ।

आफनो सहमहामन्त्रीमाथि सांघातिक आक्रमण भएपछि कांग्रेस नेताहरुले शान्ति सुरक्षामाथि प्रश्न उठाएका छन् ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुनसक्ने व्यक्ति वा समूहमाथि गम्भीर अनुसन्धान गरी कडा कारबाही गर्न माग गरिएको छ ।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले त गृहमन्त्रीको राजीनामा नै मागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै