प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली विच सिहदरवारमा एक घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एक घण्टा लामो कुराकानी भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुुई जना विच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली पौने २ बजे प्रधानमन्त्रीको कार्यालय पुुगेका थिए । भेटपछि अध्यक्ष ओली पौने ३ बजेको समयमा सिंहदरबारबाट बाहिरिएका थिए । भेटमा के छलफल भएको बिषय खुलाइएको छैन ।