नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ -सभापति देउवा – Nepalboli

नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ -सभापति देउवा

   २०८० भाद्र १९, मंगलवार  

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्ता हुने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्नुहुँदै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने आवश्यकता हाम्रो छ । कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ । चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन । भारत र चीन नेपालका नेभर छिमेकी हुन् । बदल्न सकिँदैन, उनीहरुले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ । समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो ।’’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै