गठबन्धनमा गडबड
सत्तागठबन्धनले अगामी पाच बर्षको सत्ता बाडफाडमा सहमती गरेको भए पनि पछिल्लो समयमा गडबड देखिन थालेको छ । प्रधानमन्त्री पुुष्पकमल दहाल केहि दिन यता लागातार सार्वजनिक कार्यक्रमहरुमा आफनो पद धरापमा रहेको संकेत गरिरहेका छन भने सतारुढ घटककै कतिपय महत्वपुर्ण नेताहरु संसद देखि अन्य सार्वजनिक कार्यक्रमहरुमा प्रधानमन्त्री माथी प्रश्नहरु तेसाईरहेका छन ।
खासगरि पछिल्लो समयमा सार्वजनिक भएको सुन तस्करी प्रकरण देखि ललीता निवास काण्ड लगायतका बिषयलाई लिएर सतारुढ दलहरु भित्र मनमुटाव देखिएको छ । नक्कली शरणार्थी प्रकरणमा काग्रेसकै नेता तथा पुर्वगृहमन्त्री पक्राउ नै परेपछि काग्रेस र माओवादी विच पछिल्लो समयमा दुुरी वढदै गएको देखिन्छ । शरणार्थी प्रकरणमा काग्रेस र माओवादी, ललीता निवास प्रकरणमा एकिकृत समाजवादी र माओवादी तथा गौर घटनाको वारेमा सरकारले गरेको सहमतीमा जसपा संग प्रधानमन्त्रीको दुरी वढेको प्रष्ट देखिन्छ ।
यी तीन ओटा घटनाकम र पछिल्लो विकसित राजनितीक माहौलमा प्रधानमन्त्री प्रचण्डल दिईरहेको अभिव्यक्ति एक ठाउमा ल्याएर हेर्ने हो भन्ने सतागठबन्धनमा ठिकठाक नरहेको प्रष्ट देखिन्छ । यद्यपी यसको विकल्प पनि तयार भईसकेको देखिदैन ।
अहिले सत्तागठबन्धन गएको निर्वाचनमा पनि संगै रहेकाले कतिपय नेताहरु वर्तमान संसदको कार्यकाल भरी नै रहने दावी गरिरहेका छन । यद्यपी निर्वाचन लगत्तै गठबन्धनका प्रमुख दुुई घटक माओवादी र काग्रेस विचमा कुरा नमिलेकै कारण प्रधानमन्त्री प्रचण्ड एमाले, रास्पा र राप्रपाको समर्थनमा प्रधानमन्त्री बन्न पुुगे । तर त्यो समर्थन र समझदारी दुुई महिना पनि टिकेन । पुन दलहरु पुरानै ध्रवीकरणमा फर्के । राष्टपति निर्वाचन संगै पुन काग्रेस र माओवादी एक ठाउमा आए र त्यस पछि पुन अहिले सतागठबन्धन अगाडी वढयो ।
यद्यपी पछिल्लो केहि समय यता सरकारले अनुसन्धान अघि वढाएको नक्कली शरणर्थी प्रकरण, सुन तस्करी प्रकरण र गौर घटनाको छानविनको बिषयले सतागठबन्धन कतै पुन भत्किने त होईन भन्ने आशंका देखिन्छ ।
सरकारले गौर घटना छानविन गर्ने सहमती यता जसपा अध्यक्ष उपेन्द्र यादव सतारुढ दलहरुको बैठकमै जान छाडेका छन भने काग्रेस सभापति तथा उनकी पत्नी आरजु राणाको प्रधानमन्त्री संग नोकझोक नै चलेको खवरहरु समर्वजनिक भएका छन । काग्र्रेस सभापति देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्रीवाट नहटाए प्रधानमन्त्रीको पद नै धरमराउने चेतावनी दिएका छन भने ललीता निवासकाण्डमा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल मुछिए पछि उनी पनि क्रुद्ध छन ।
यद्यपी प्रधानमन्त्रीले काग्रेस सभापति देउवा देखि एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई लयमा राख्ने सक्दो प्रयास जारी राखेका छन । देउवा र आरजु राणाको चाहना मै प्रधानमन्त्रीले व्याक डेटमा केहि उच्च प्रहरी अधिकारीलाई सरुवा गरेका छन भने नेपाललाई ललीता निवास प्रकरणमा सफाई दिलाएका छन । यद्यपी यसरी टालटुल पारेर अहिलेको गठबन्धन कति अगाडी वढछ भन्ने चासो राजनिती वृतमा देखिन्छ । किनकी प्रमुख सतारुढ दल र संसदको सबैभन्दा ठुलो दल नेपाली काग्रेस भित्र यो बहस विस्तारै भुसको आगो झै वढीरहेको छ । काग्रेस भित्र प्रधानमन्त्री माथी आफनो पार्टीको नेताको बचाउ गरेर काग्रेस नेताहरु एक पछि अर्को लगातार फसाउन थालेको आरोप लागीरहेको छ । जसपा थप वरालिएकै अवस्थामा छन ।