प्रमुख दलहरुमा ‘निर्वाचन-०८४’को त्रास – Nepalboli

प्रमुख दलहरुमा ‘निर्वाचन-०८४’को त्रास

   १७ भाद्र २०८०, आईतवार  

सतारुढ होस वा प्रमुख प्रतिपक्षी होस, दुवै तर्फका प्रमख दलहरुलाइ आम निर्वाचन सम्पन्न भएको एक बर्ष नबित्दै चार बर्ष पछिको अगामी निर्वाचनले सताउन थालेको देखिन्छ । ०७९ को आम निर्वाचनको एक बर्ष आउदो मंसीरमा पुुग्ने छ भने अगामी ०८४ को निर्वाचनको चार बर्ष भन्द्या वढी समय अहिले छ ।

तर शनिवार सरकार नेतृत्व गरिरहेको माोवादी केन्द्रले ०८४ को निर्वाचनलाई केन्द्रमा राखेर जनतासंग माओवादी भन्ने तीन महिने अभियान सुुरु गरेको छ । यस अघि बसेको अहिले संसदको सबै भन्द्या ठुुलो दल नेपाली काग्रेसले पनि ०८४ को निर्वाचनलाई केन्द्रमा राखेर अहिले देखि नै विभिन्न अभियानहरु र कार्यक्रमहरु सुुरु गरेको छ । सत्तामै रहेको जनता समाजवादी पार्टी, नेपालले पनि अघिल्लो हप्ता मात्रै तीन महिने पार्टी सुुढृढीकरण अभियान सुुरु गरेको छ ।

यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि अगामी निर्वाचनलाई केन्द्रमा राखेर अहिले देखि पार्टी केन्द्रित विभिन्न अभियानहरु बारेमा छलफल सुुरु गरेको छ । एमाले शनिवार मात्र प्रदेश अधिवेशनहरु सुुरु गरेको छ भने अन्य अभियानहरु पनि चाडै ल्याउने गरि गृहकार्य गरिरहेको छ । राप्रपाले पनि अगामी निर्वाचनलाई केन्द्रमा राखेर नवीन राप्रपा अभियान सुुरु गरेको छ । यो पार्टीले झनै युवा पुस्तालाईलाई केन्द्रिय सदस्य बनाउने गरि आवेदन नै खुल्ला गरेको छ ।

यसरी हेर्दा नेपाली काग्रेस देखि एमाले, माओवादी केन्द्र, जसपा र राप्रपामा अहिले नै चार बर्ष पछि ०८४ को निर्वाचनको त्रास सिर्जना भएको देखिन्छ ।

०७९ निर्वाचनकै परिणामले त्रसित प्रमुख दलहरु
गएको मंसीरमा भएको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनले नेपालको राजनितीमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई उदय गराए पछि प्रमुख दलहरु खासमा झस्किएका छन । काग्रेस, एमाले, माओवाद लगायतका दलहरुका शिर्ष नेताहरु सार्वजनिक मन्चहरुमा नयां दलहरु पानीको फोका भएको दावी गर्ने गरेको भए पनि यी दलहरु झस्किएको देखिन्छ । खासगरि राष्ट्रिय राजनितीमा रास्पा वलियो गरि उदय भए पछि अर्को निर्वाचनमा प्रमुख दलहरुलाई थप अप्ठायारो पर्न सक्ने आकंलन स्वयंम प्रमुख दलहरु भित्रै हुन थालेको देखिन्छ ।

जसका कारण प्रमुख दलहरु ०८४ को आम निर्वाचनको चार बाकी रह्दै पार्टीगत अभियानहरु संचालनमा ल्याउन थालेका छन ।
हुनत गएको मंसीरको निर्वाचन पछि नै नेपालको राजनितीमा रास्पा, जनमत, उन्मुक्ति पार्टीको उदयलाई लिएर जवरदस्त बहसहरु हुन थालेको देखिन्छ ।

राजनितीक विश्लेषकहरु प्रमुख दलहरु र तीनका शिर्ष नेताहरुको आम नागरिकको नजरमा गिरदो साखका कारण नयां दलहरुको भविष्य थप उज्जवल देखिएको टिप्पणी गर्न थालेको पाईन्छ । यद्यपी नयां दलहरुको समेत कतिपय वखतमा कमीकमजोरीहरु सार्वजनिक हुने गरेको छ । यद्यपी नयां मतदता र विदेशमा रहेका नेपालीहरुको हस्तक्षेपले अगामी निर्वाचनमा रास्पा लगायतका नयां दलहरु थप वलियो हुने आकंलन गर्न थालिएको छ ।

पुराना नेताहरुलाई साखको चिन्ता
नेपाली काग्रेस, माओवादी केन्द्र, एमाले लगायतका पार्टीको नेतृत्व र शक्तिमा रहेका नेताहरुको जमात पुराना मात्रै होईन कि दशकौ देखि एउटै अनुहारहरुको हालीमुहाली देखिएको नेपाली राजनितीको यर्थात चित्र हो । जसको विरुद्धमा नागरिकहरुको गएको स्थानिय तह निर्वाचन देखि नै मतपत्र मार्फत विरोधको संकेत दिन थाले ।

काठमाठौ, धरान, धनगढी लगायतका सहरहरुमा स्वतन्त्र उम्मेदवारहरुको जितलाई खासै वास्ता नगरेको प्रमुख दलहरु प्रतिनिधीसभा निर्वाचनमा रास्पाले २० सिट कटाए पछि झसंग भए । र त्यस पछि नेपालको राजनितीमा विकल्पको राजनिती शक्रि उदाएको भन्न थालियो ।

जसको प्रभाव ०७९ भन्दा ०८४ मा थप वलियो गरि पर्न सक्ने आकंलन राजनिती वृतमा चल्न थाले पछि प्रमुख दलहरु आफनो साख बचाई राख्न अहिले देखि नै अगामी निर्वाचन केन्द्रित मिसनहरुमा होमिन थालिएको दखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै