नेपाल शक्तिराष्ट्रहरुको प्रतिस्पर्धा स्थल -अध्यक्ष लिङदेन – Nepalboli

नेपाल शक्तिराष्ट्रहरुको प्रतिस्पर्धा स्थल -अध्यक्ष लिङदेन

   १६ भाद्र २०८०, शनिबार  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थल बनेको बताउनुभएको छ । नविन राप्रपा अन्तरक्रिया तथा बृहत पार्टी प्रबेश कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थल बनेको कारणले नेपाल कुनै पनि बेला द्वन्द्वको सिकार बन्ने खतरा बढेको छ ।’ सत्ता जोगाउनका लागि ठुला भष्ट्राचारीलाई चोख्याउने काम भइरहेको उहाँले बताउनुभयो । आउने दिनमा परिवर्तनको पक्षमा जनता उभिएन भने देश नराम्रो तरिकाले फस्ने उहाँले बताउनुभयो ।

‘यी कांग्रेस र कम्यूनिष्ट भन्ने पार्टीहरु नामले अलग अलगजस्ता देखिन्छन् उस्तैपरे मरामार पनि गर्छन । तर खासमा नाम अलग भए पनि एउटै पार्टीजस्ता छन’ उहाँले भन्नुभयो, “ठूला भष्ट्राचारमा सबैको संलग्ता रहेको देखिन्छ । देशलाई बर्बाद गर्नेमा सबै संलग्न रहेका छन् ।” अध्यक्ष लिङदेनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्न नसकेको टिप्पणी गर्नुभयो । बताउनुभयो ।

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले राप्रपाले उठाएको एजेण्डा देशको हितमा रहेको बताउनुभयो । केन्द्रिय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक रविन्द्र मिश्र, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, प्रदेश सभा सदस्य जानकीप्रसाद यादव, अजय थापालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा माओबादीका कपिलबस्तु नगरपालिका नगर प्रमुखका उम्मेदवार शत्रुघन चौधरीलगायतले पार्टी परित्याग गरी राप्रपामा प्रबेस गरेका छन् । कार्यक्रम राप्रपाका जिल्ला अध्यक्ष नारायणबहादुर सिंहको अध्यक्षतामा थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै