एमालेको प्रदेश अधिवेशन सुरू, असोज मसान्त भित्रै सात ओटै प्रदेशमा नया कमिटी बन्दै – Nepalboli

एमालेको प्रदेश अधिवेशन सुरू, असोज मसान्त भित्रै सात ओटै प्रदेशमा नया कमिटी बन्दै

   १६ भाद्र २०८०, शनिबार  

०८० लाई अधिवेशन बर्ष बनाउने निर्णय गरेको नेकपा एमालेले शनिवार देखि प्रदेश अधिवेशन सुुरु गरेको छ । शनिवार उद्धघाटन गरेर आइतवार सकिन लागेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनले प्रदेश कमिटी चयन गर्ने छन । लुम्बिनी प्रदेशबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका १ हजार ४ जना प्रतिनिधिहरु प्रदेश अधिवेशनमा सहभागी रहेका छन् । एमालेका अध्यक्ष केपी ओली सहितका शिर्ष नेताहरुको उपस्थितीमा शनिवार एमालेको लुम्बिनी प्रदेश अधिवेशन सुुरु गरिएको छ । यस पछि लागातार एमालेले अन्य ६ ओटा प्रदेशहरुमा समेत पार्टीको प्रदेश स्तरीय अधिवेशनहरु गर्दै छन ।

वैशाख २८–३० मा बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकले २०८० साललाई अधिवेशनको वर्ष बनाउने निर्णय गरेको थियो। त्यहीअनुसार एमालेले शनिबारदेखि प्रदेश तहका कमिटीबाट अधिवेशन सुरू गरेको हो।

मध्य भदौ वाट सुुरु भएको एमालेको प्रदेश अधिवेशनहरु असोज मसान्त भित्र् सकिने गरि कार्यतालिका यस अघि नै बनिसकेको छ । कार्यतालिका अनुसार सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन असोज २१ र २२ , कर्णाली प्रदेशमा असोजको १० र ११ गते , गण्डकी प्रदेशको अधिवेशनको मिति असोज १५ र १६ ,बागमती प्रदेश असोज ८ र ९ गते, मधेसमा असोज ५ र ६ गते , कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ गते गर्ने कार्यक्रम राखिएको छ ।

एमालेले पार्टीको प्रदेश अध्यक्षहरु कार्यकारी र पदेन पोलिटब्युरो सदस्य हुने व्यवस्था गरे पछि केन्द्रीय नेताहरू नै प्रदेश अध्यक्षको दौडमा देखिएका छन्। जसका कारण एमालेको प्रदेश अधिवेशनहरु थप चर्चामा समेत आएको छ ।

कतिपय प्रदेशहरुमा पोलिटब्युरो सदस्य भइसकेकाहरू पनि कार्यकारी भूमिकाको लोभमा प्रदेशको नेतृत्व गर्न इच्छुक समेत देखिएका छन्।

लुम्बिनी प्रदेशमा विष्णु पौडेल भर्सेस शंकर पोखरेल जस्तो अधिवेशन देखिएको छ । सुुदुर पश्चिममा अहिले प्रदेश अध्यक्षको दौडमा कृष्ण जैसी, लालबहादुर थापा र बचनबहादुर सिंह देखिएका छन्। यद्यपि अधिवेशन नजिकिँदै जाँदा आकांक्षी बढ्ने नेताहरूले जानकारी दिएका छन्।

कर्णाली प्रदेशबाट एमालेमा ४ जना पोलिटब्युरो सदस्य छन्। गुलाबजंग शाह, भैरवसुन्दर श्रेष्ठ, मोहन बानियाँ र लक्ष्मी पोखरेल पोलिटब्युरो सदस्य हुन्। चारै जना पोलिटब्युरो सदस्य प्रदेश अध्यक्षको दौडमा रहेको चर्चा चलाइएको छ। त्यसका अतिरिक्त केन्द्रीय सदस्य नीरज आचार्य, विष्णु रिजाल, राजबहादुर बुढा, नगिन्द्र शाहा, दल रावललगायतको नाम चर्चामा रहेको एमाले नेताहरू बताउँछन्। त्यस्तै ध्रुवकुमार शाही, रवीन्द्र शर्मा, राजबहादुर शाही पनि चर्चामा छन्।

गण्डकी प्रदेशमा झन्डै ७ जना आकांक्षी देखा परेका छन्। प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य मायानाथ अधिकारी, कृष्ण थापा, राजीव पहारीलगायत नेताहरू मैदानमा देखिएका छन्। अधिकारी पुराना नेता हुन्। उपमहासचिव पृथ्वीसुब्बा गुरूङसँगै राजनीति गरेका उनी उनैसँग निकट पनि छन्।

बागमती प्रदेशमा प्रदेशको अध्यक्ष बन्न पोलिटब्युरो सदस्य महेश बस्नेत, रामेश्वर फुयाल, अरूण नेपालले चासो देखाएका छन्।

मधेश प्रदेश अध्यक्षको प्रतिष्पर्धामा सर्लाहीका रेवती पन्त अगाडि देखिएको एक नेताले बताए। त्यसो त पोलिटब्युरो सदस्य रहेका बाराका पुरूषोत्तम पौडेल, केन्द्रीय सदस्य सुमन प्याकुरेलको नाम पनि चर्चामा छ। यद्यपि पौडेल प्रदेशको अध्यक्षको दौडमा नरहेको उनीनिकट नेताले बताए। यसका अतिरिक्त रामदयाल मण्डल, राजकिशोर यादवले पनि आकांक्षा राखेको एमालेका नेताहरूले बताए।

कोशी प्रदेशमा प्रदेश अध्यक्षको दौडमा अहिलेका अध्यक्ष तुलसी न्यौपाने, उपाध्यक्ष टीका चेम्जोङ, सचिव चिन्तन पाठक देखिएका छन्। त्यसो त कोशी प्रदेशमा पोलिटब्युरो सदस्य विशाल भट्टराईको नाम पनि चर्चामा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै